२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी

कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्य पदको मतगणना शुरू भएको छ । निर्वाचन समितिका अनुसार दिउँसो १ बजेदेखि मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न समूहका केन्द्रीय सदस्यको मतगणना सुरु गरिएको हो ।

मतगणनाअन्तर्गत मधेस प्रदेश केन्द्रीय सदस्य महिला, मधेस प्रदेश केन्द्रीय सदस्य खुला, मधेस प्रदेश केन्द्रीय सदस्य ३५ वर्षमुनिका युवा महिला र मधेस प्रदेश केन्द्रीय सदस्य ३५ वर्षमुनिका युवा खुलातर्फका उम्मेदवारको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनअन्तर्गत विभिन्न पद र समूहको मतगणना जारी छ । मधेस प्रदेश भूगोलतर्फका यी समूहको मतगणना शुरू भएसँगै सम्बन्धित पदका उम्मेदवारको मतपरिणाम आउने अपेक्षा गरिएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न असोज २३ गते मतदान भएको थियो । सभापति तथा अन्य प्रमुख पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ भने सहमहामन्त्री र केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना चरणबद्ध रूपमा भइरहेको छ ।

निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना गरिरहेको छ । बाँकी समूहको मतगणना सम्पन्न गरी सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।

मधेस प्रदेश भूगोलतर्फका महिला, खुला तथा ३५ वर्षमुनिका युवा समूहको मतगणना सम्पन्न भएपछि ती पदमा निर्वाचित हुने उम्मेदवारको टुंगो लाग्नेछ । समितिले बेलुकीसम्म सबै मतपरिणाम सार्वजनिक गर्ने जनाए पनि मधेसको परिणाम आउन भने समय लाग्ने देखिएको छ ।