२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

थप चार क्षुद्रग्रहले पाए अस्थायी नाम

थप चार क्षुद्रग्रहले पाए अस्थायी नाम
अ अ+ अ-

एजेन्सी । सन् २०२० मा सञ्चालित राष्ट्रिय क्षुद्रग्रह खोज अभियानअन्तर्गत जम्मा ३८० नयाँ क्षुद्रग्रहहरुको प्रारम्भिक पहिचान गरिएको छ । जसमा चार वटा क्षुद्रग्रहलाई अस्थायी नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

यी क्षुद्रग्रहका बारेमा https://minorplanetcenter.net/db_search विस्तृत विवरण हेर्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । अमृत साइन्स क्याम्पसकी छात्रा रेजा थापाले २०२० एफओ ११, होराइजन गौतम बुद्ध सेकेण्डरी स्कूल बुटवल रुपन्देहीका विद्यार्थी आविष्कार पौड्याल, बृजेशराज फुल्लेल र अर्बिन्द पाण्डेको समूहले २०२० एचके ३४, सेन्ट जेभियर्स कलेज, माइतीघर काठमाडौँका प्रणव साह, सागर डङ्गोल, गौरव बराल र प्रसन्न ढुङ्गानाको समूहले २०२० एचटी ४९ र त्रिचन्द्र क्याम्पस काठमाडौँका विमल खड्का तथा इशिका पौडेलको समूहले २०२० पीजी १५ नामको क्षुद्र ग्रह पत्ता लगाएका हुन् ।

खोज गर्ने विद्यार्थीलाई सोसाइटीका तर्फबाट अध्यक्ष भट्टराईले पथ प्रदर्शन गर्नुभएको थियो । यदि कुनै क्षुद्रग्रह प्रारम्भिक पहिचान भएको ७.१० दिनमा पुनः देखिए त्यसलाई अस्थायी नाम दिने गरिन्छ । यसरी अस्थायी नाम पाएका क्षुद्रग्रलाई निरन्तर अवलोकनमार्फत त्यसको कक्षको पर्याप्त जानकारीपछि इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनले नम्बर दिएर सुचीकृत गर्छ ।

राष्ट्रिय क्षुद्रग्रह खोज अभियानअन्तर्गत यसरी सूचीकृत भएका क्षुद्रग्रहको नाम राख्ने मौका सम्बन्धित टोलीलाई दिइन्छ । हालसम्म यो कार्यक्रममार्फत एक हजार ७२ क्षुद्रग्रहको प्रारम्भिक पहिचान भएको सोसाइटीले जनाएको छ । एघार वटा क्षुद्रग्रहले भने अस्थायी नाम पाइसकेका छन् ।