१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान

उज्वेकिस्तानको चिकित्सा शिक्षामा चम्किदै नेपाली युवा डा. किसन भण्डारी

उज्वेकिस्तानको चिकित्सा शिक्षामा चम्किदै नेपाली युवा डा. किसन भण्डारी
अ अ+ अ-

काठमाडौं । उज्वेकिस्तानको चिकित्सा शास्त्र – मेडिसिन  शिक्षामा उच्च पदमा पुगेर योगदान दिइरहेका डा. किशन भण्डारीले अर्को ठूलो सफलता हात पारेका छन् । उज्वेकिस्तानको एसिया इन्टरनेसनल युनिभर्सिटीको चिकित्सा, सूचना प्रविधि तथा व्यापार र व्यवस्थापनलगायतका विभिन्न शैक्षिक कार्यक्रमहरूको डिनकोरुपमा नेतृत्व गर्दै आएका भण्डारीलाई युनिभर्सिटीले भाइस – रेक्टरमा बढुवा गरेको छ ।

काठमाडौंको बौद्ध निवासी डा. भण्डारीले नेपालमा कक्षा १२ को पढाइ पूरा गरेपछि सन् २००९ मा रुसमा चिकित्साशास्त्र – मेडिसिन) अध्ययन गर्न छात्रवृत्ति प्राप्त गरेका थिए । उनले आफ्नो एमबीबीएस अध्ययन पूरा गरेपछि कीर्गिस्तान गएर थप अध्ययन गर्ने अवसर पाएका थिए । जहाँ धेरै नेपाली विद्यार्थीहरू स्नातकोत्तर तहको चिकित्सा शिक्षा हासिल गर्न पुग्ने गरेका छन् । स्टेट मेडिकल इन्स्टिच्युटमा उनले न्युरोसर्जरी र जनस्वास्थ्यमा स्नातकोत्तर उपाधि हासिल गरे । जहाँ उनले पेशागत जिम्मेवारी अगाडि बढाउने अवसर पनि पाए । उनी कीर्गिस्तानको स्टेट मेडिकल इन्स्टिच्युटको सहायक डिनको पदमा नियुक्त भए विदेशी विश्वविद्यालयबाट स्नातक गरेका व्यक्तिका लागि यो एक दुर्लभ पद थियो । यति मात्र नभइ उनी गैर आवाशीय नेपाली संघ एनआरएन कीर्गिस्तानको संस्थापक अध्यक्ष पनि बन्न पुगेका थिए ।

 

दुई वर्षअघि, शैक्षिक गुणस्तर र अस्पतालमा आधारित एकीकृत शिक्षामा उज्बेकिस्तानले दिएको बढ्दो प्राथमिकताबाट आकर्षित भई डा. भण्डारीले त्यहाँको प्रस्ताव स्वीकार गरेर एसिया इन्टरनेसनल युनिभर्सिटीमा चिकित्साशास्त्रको प्राध्यापनको जिम्मेवारी ग्रहण गरेका थिए । यो युनिभर्सिटीमा ९० वटा शैक्षिक कार्यक्रमहरू सञ्चालित छन् भने नेपालसहित १४ देशका ३३ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्।

डा. भण्डारी विगत दुई बर्षदेखि उज्बेकिस्तानको बुखारास्थित एसिया इन्टरनेसनल युनिभर्सिटीमा डिनको भूमिका रहेको अवस्थामा भाइस–रेक्टरमा बढुवा भएका छन् । युनिभर्सिटीले दिएको सम्मान र जिम्मेवारीलाई डा. भण्डारी समग्र नेपाल र नेपालीको सम्मान भएको बताएका छन् । एसिया इन्टरनेसनल युनिभर्सिटीमा चिकित्सा, सूचना प्रविधि तथा व्यापार र व्यवस्थापनलगायतका विभिन्न शैक्षिक कार्यक्रमहरूको नेतृत्व गर्दै आएका भण्डारीले अब थप महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने भएका छन् । डा. भण्डारीको पहलमा विगतको बर्षदेखि नेपालबाट दुई उत्कृष्ट विद्यार्थी छनोट गरी छात्रवृत्ति सुविधामा उज्वेकिस्तानमा चिकित्सा शास्त्रमा अध्ययनको अवसर पाउँदै आएका छन् । उज्वेकिस्तानमा डा. भण्डारीले पाएको यो सफलता र सम्मानले वास्तवमा नेपाली युवाको क्षमतालाई अन्तर्राष्ट्रिय रुपमा उजागर गरेको छ ।

भविष्यमा आफ्नै मुलुक नेपाल फर्केर चिकित्सा शिक्षाको क्षेत्रमा योगदान पुर्याउने योजना बनाएका डा. भण्डारीले अहिले पनि नियमित रुपमा बिभिन्न कार्यक्रहरु नेपाल ल्याउने गरेका छन् ।