१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान

नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा

नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
अ अ+ अ-

नुवाकोट: बाढीबाट प्रभावित परिवारलाई आफ्ना आफन्त तथा परिवारसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएको छ।

विदुर नगरपालिका–८, हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयमा सञ्चालित विपद् राहत शिविरमा आश्रय लिइरहेका २०० भन्दा बढी बाढी प्रभावित नागरिकका लागि सुविसुले निःशुल्क वाइफाइ सेवा उपलब्ध गराएको हो। विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठ तथा समाजसेवी रमेश श्रेष्ठसँगको समन्वयमा उक्त सेवा सञ्चालनमा ल्याइएको सुविसुले जनाएको छ।

राहत शिविरमा रहेका प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन निःशुल्क इन्टरनेट सेवाले सहजता प्रदान गरेको विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठले बताउनुभयो।

उहाँले भन्नुभयो, “राहत शिविरमा रहेका २०० भन्दा बढी नागरिकका लागि सुविसुले उपलब्ध गराएको निःशुल्क वाइफाइ सेवाले परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाएको छ। विपद्को समयमा प्रभावित परिवारको सञ्चार आवश्यकतालाई ध्यानमा राखेर गरिएको यो सहयोग निकै महत्वपूर्ण छ।”

समाजसेवी रमेश श्रेष्ठले विपद्को समयमा सञ्चार अत्यन्त महत्वपूर्ण हुने भएकाले निःशुल्क इन्टरनेट सेवाले प्रभावित परिवारलाई ठूलो सहयोग पुगेको बताउनुभयो।

यसैगरी, विदुर नगरपालिका–५, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा आश्रय लिइरहेका बाढी प्रभावित परिवार तथा नागरिकका लागि पनि सुविसुले निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएको छ।

चन्द्रज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक बासुदेव पंगेनीका अनुसार विद्यालयमा आश्रय लिइरहेका तथा प्रभावित करिब ३०० देखि ४०० जनाले उक्त सेवाबाट लाभ लिइरहेका छन्।

उहाँले भन्नुभयो, “विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारका लागि सुविसुले उपलब्ध गराएको निःशुल्क वाइफाइ सेवाले आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाएको छ। यस सहयोगका लागि सुविसुप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

विपद्का समयमा सञ्चार केवल सुविधा नभई अत्यावश्यक माध्यम बन्ने भएकाले राहत शिविरमा उपलब्ध गराइएको निःशुल्क इन्टरनेट सेवाले प्रभावित समुदायलाई परिवार, आफन्त तथा सम्बन्धित निकायसँग सम्पर्कमा रहन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्दै आएको जनाएको छ।