७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार पहिलो घण्टामा १८.६३ अंकले बढ्यो नेप्से



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १८.६३ अंकले बढेर २ हजार ३०५ दशमलव १८ विन्दुमा पुगेको छ । आज २ हजार २९९ दशमलव ३४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८२ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १९७ ओटा कम्पनीको १४ हजार ६४९ पटकको कारोबारमा ३७ लाख १९ हजार ५७१ कित्ता शेयरको रू. १ अर्ब ७७ करोड २५ लाख २४ हजार बराबरको खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २७ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३४५ मा कारोबार भइरहेको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये वित्त र निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव १ र शून्य दशमलव ४८ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

कारोबारको पहिलो घण्टामा नारायणी विकास बैंक, गुराँस लघुवित्त, कर्पोरेट डेभलपमेण्ट बैंक, आरम्भ चौतारी लघुवित्त, कामना सेवा विकास बैंक, हाइड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेष्टमेण्ट र प्रभु लाइफको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।