१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लरः भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर

दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड
अ अ+ अ-

काठमाडौं । नेपालको पुँजी बजारमा देखिएको निरन्तर गिरावट र लगानीकर्ताको घट्दो विश्वासप्रति सरोकारवालाहरूले गम्भीर चासो व्यक्त गरेका छन्। बुधबार बसेको संसदीय अर्थ समितिको बैठकमा लगानीकर्ताका प्रतिनिधिहरूले दोस्रो बजारलाई व्यवस्थित, पारदर्शी र संस्थागत बनाउन नियामक निकायको प्रभावकारी भूमिका तथा नीतिगत सुधार आवश्यक रहेको बताएका हुन्।

बैठकमा नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले दोस्रो बजारको वर्तमान अवस्थाका लागि संस्थापक तथा प्रमोटर लगानीकर्ताबाट हुने सीमित शेयर निष्कासन, लक–इन अवधि सकिएपछि हुने ठूलो परिमाणको शेयर बिक्री र कमजोर नियामक निगरानी प्रमुख चुनौती रहेको बताउनुभयो।

उहाँले आईपीओ निष्कासनमा सीमित शेयर बजारमा ल्याएर मूल्य प्रभावित गर्ने, लक–इन अवधि सकिएपछि ठूलो मात्रामा प्रमोटर शेयर बिक्री हुने तथा हकप्रद शेयरको अत्यधिक आपूर्तिले बजारमा दबाब सिर्जना गरेको उल्लेख गर्नुभयो। तीन वर्षे लक–इन अवधि पूरा नहुँदै वा अवधि सकिएलगत्तै संस्थापक शेयर बिक्री गर्ने प्रवृत्तिले दोस्रो बजारमा ठूलो जोखिम निम्त्याएको उहाँको भनाइ थियो।

हाइड्रोपावर तथा उत्पादनमूलक क्षेत्रमा बढेको हकप्रद शेयर निष्कासनप्रति पनि लगानीकर्ताले चासो व्यक्त गरेका छन्। हकप्रद निष्कासनअघि बजारले धान्न सक्ने क्षमता र लगानीकर्ताको वित्तीय क्षमताको अध्ययन गर्नुपर्ने उनीहरूको माग छ।

पाण्डेले कम्पनीप्रति प्रमोटर तथा संस्थापक लगानीकर्ताको दीर्घकालीन प्रतिबद्धता सुनिश्चित गर्नुपर्ने बताउँदै लक–इन अवधि र प्रमोटर शेयर बिक्रीसम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो। कम्पनी समस्यामा पर्दा सर्वसाधारण तथा दोस्रो बजारका लगानीकर्ताको हित संरक्षण गर्ने प्रभावकारी व्यवस्था आवश्यक रहेको उहाँले बताउनुभयो।

यस्तै, ब्रोकरमार्फत उपलब्ध मार्जिन सुविधालाई स्वचालित र प्रविधिमैत्री बनाउनुपर्ने माग पनि लगानीकर्ताले गरेका छन्। कानुनी रूपमा एक लाख रुपैयाँको धितोमा चार लाख रुपैयाँसम्मको मार्जिन सीमा उपलब्ध हुने व्यवस्था भए पनि व्यवहारमा त्यसको सहज पहुँच हुन नसकेको उनीहरूको गुनासो छ।

लगानीकर्ताले खरिद तथा बिक्री दुवै कारोबारमा लाग्ने कमिसन घटाउनुपर्ने मागसमेत गरेका छन्। ब्रोकर कमिसन ५० प्रतिशतसम्म घटाउन तथा इन्ट्राडे कारोबार र सर्ट सेलिङजस्ता उपकरणलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्ने उनीहरूको भनाइ छ।

अध्यक्ष पाण्डेले अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउँदै नीति निर्माणमा लगानीकर्ता संघहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आग्रह गर्नुभयो।

उहाँले १० कित्ताको आईपीओ बाँडफाँट नीतिले बजार बिगारेको भन्ने तर्क स्वीकार गर्न नसकिने बताउँदै यसले साना लगानीकर्ताको पुँजी बजारमा पहुँच विस्तार गर्न भूमिका खेलेको दाबी गर्नुभयो। ठूला तथा संस्थागत लगानीकर्तालाई निरुत्साहित गर्नेभन्दा दीर्घकालीन लगानी र कम्पनीप्रतिको प्रतिबद्धता बढाउने नीति आवश्यक रहेको उहाँको भनाइ थियो।

पुँजी बजारलाई जुवाको रूपमा नभई लगानीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै लगानीकर्ताको हित संरक्षणका लागि बैंक तथा बीमा क्षेत्रजस्तै छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको पनि बैठकमा धारणा राखिएको थियो।