२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

माघ महीनाको पहिलो कारोबार दिन २८.४६ अंकले नेप्से परिसूचक उकालो, नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक हिस्सा

माघ महीनाको पहिलो कारोबार दिन २८.४६ अंकले नेप्से परिसूचक उकालो, नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक हिस्सा
अ अ+ अ-

काठमाडौं । आइतबार नेप्से परिसूचक २८.४६ अंकले बढेको छ । यस दिन २ हजार २९९ दशमलव ३४ विन्दुदेखि खुला भएको बजार २३ सय १५ विन्दुमा पुगेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव १७ अंक बढेर ४४३ दशमलव ४२ विन्दुमा पुगेको छ । 

आइतबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यस दिन रू. ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार बराबरको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर कारोबार भएको हो । 

यस दिन जलविद्युत वाहेकका सबै समूहको परिसूचक बढेको छ । जलविद्युत समूहको परिसूचक भने शून्य दशमलव ४ प्रतिशतले घटे पनि बरुण हाइड्रोको शेयरमूल्यमा भने उच्च वृद्धि भएको हो । यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ९ दशमलव २४ प्रतिशतले बढेको छ ।

यो दिन गुरास लघुवित्त र नारायणी डेभलपमेण्टको ९ दशमलव ९८ प्रतिशत, कर्पोरेट डेभलपमेण्ट बैंक र सामूदायिक लघुवित्तको ९ दशमलव ९७ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ९६ प्रतिशत, किशान लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, महिला सहयात्रा माइक्रोफाइनान्सको ९ दशमलव ९३ प्रतिशत, आरम्भ चौतारी लघुवित्त र मञ्जुश्री फाइनान्सको ९ दशमलव ९२ प्रतिशत, गरिमा विकास बैंकको ९ दशमलव ८५ प्रतिशत, कामना सेवा विकास बैंकको ९ दशमलव ८० प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको ९ दशमलव ७५ प्रतिशत, कालिका माइक्रोक्रेडिट डेभलपमेण्ट बैंकको ९ दशमलव ५० प्रतिशत, सांग्रिला डेभलपमेण्टको ९ दशमलव ४५ प्रतिशत र बरुण हाइड्रोको शेयरमूल्य ९ दशमलव शून्य ५ ले बढेको हो ।

आइतबारको बजारमा साल्ट ट्रेडिङ कर्पोरेशन सहित १६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढ्दा यो दिन व्यापारिक समूहको परिसूचक बढ्न सहयोग मिलेको हो । त्यस्तै बैंकिङको शून्य दशमलव शून्य ६ प्रतिशत, होटलको शून्य दशमलव ८८ प्रतिशत, विकास बैंकको ४ दशमलव ६१ प्रतिशत, वित्तको २ दशमलव ५२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७३ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८३ प्रतिशत, अन्यको ३ दशमलव ४ प्रतिशत, लघुवित्तको ३ दशमलव १९ प्रतिशत, जीवन बीमाको १ दशमलव ५१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६८ प्रतिशत परिसूचक बढेको छ ।

आइतबारको कारोबारमा सर्वाधिक हिस्सा नेपाल दुरसञ्चार कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ५८ करोड १० लाख १२ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. ९६ ले बढेर अन्तिम मूल्य रू. १ हजार ३५९ कायम भएको छ । यो कम्पनीको आइतबार न्यूनतम रू. १  हजार ३०० देखि अधिकतम रू. १ हजार ३७१ सम्मको मूल्यमा शेयर कारोबार भएको छ ।