२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछाप–१(१)मा श्रेष्ठ निर्वाचित



अ+ अ-

रामेछाप । रामेछाप–१(१)मा तारानारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का नेता हुनुहुन्छ ।

श्रेष्ठले १७ हजार एक सय अठचालिस मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्तिप्रसाद पौडेले १५ हजार एक सय ५७ मत प्राप्त गर्नुभएको थियो ।

यसैबीच रामेछाप–१(२)को मतगणना सुरु भएको छ । यो समाचार तयार पार्दासम्म खाँडादेवी गाउँपालिकाका केही वडाको मत गणना हुँदा एमालेका मिलन घिसिङले दुई हजार आठ सय १६ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका युवराज चौलागाईँले दुई हजार एक सय ४८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रतिनिधिसभा सदस्यका लोकतान्त्रिक–वाम गठबन्धनका कांग्रेसका उम्मेदवार पुर्णबहादुर तामाङ ९कान्छाराम०ले २४ हजार चार सय ५१ मत प्राप्त गर्नुभएको छ भने एमालेका कैलाशप्रसाद ढुङ्गेलले १६ हजार छ सय ८२ मत प्राप्त गर्नुभएको छ ।