१८ भाद्र २०८३, बिहीबार
,
Latest
नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।

आयोजनाको केवल टनेलको मुखमा थुप्रिएको डेब्रिज हटाउँदै नेपाली सेना सुरुङको मुखबाट करिब १५ फिटभित्रसम्म प्रवेश गर्न सफल भएको छ।

थप अगाडिसम्म पुगेर सम्भावित जोखिममा परेका व्यक्तिको खोजी गर्ने प्रयास निरन्तर जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सुरुङभित्र जमेको पानी निकासका लागि दिनरात निरन्तर काम गरिएको र पानी बाहिर निकाल्न सम्भव भएको प्राधिकरणको भनाइ छ।

खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक सामग्री तथा खाद्यान्नको अभाव हुन नदिन विशेष व्यवस्था गरिएको छ। यसका लागि आवश्यक बजेटको प्रबन्ध, सामग्री प्राप्ति, खर्च व्यवस्थापन तथा अभिलेख राख्ने कामसमेत व्यवस्थित गर्ने निर्णय भएको छ।

यसैगरी, खोज तथा उद्धार कमिटीसँग समन्वय गरी प्राधिकरणको सम्पर्कमा आएका तथा सम्पर्कमा नआएका सम्पूर्ण कर्मचारी र कामदारको विवरण अद्यावधिक गर्ने निर्णय भएको छ।

सम्पर्क हुन नसकेका कर्मचारी तथा कामदारका परिवारजनको पीर, मर्का र गुनासो सुन्ने तथा आवश्यक सहयोग र समन्वय गर्न जनसाधन विभागका निर्देशकको संयोजकत्वमा छुट्टै समिति गठन गर्ने निर्णयसमेत गरिएको छ।

हालसम्म सम्पर्कमा नआएका कर्मचारी तथा कामदारका केही आफन्तलाई बाढीबाट क्षतिग्रस्त प्राधिकरणको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको पावर हाउस साइटसम्म जाने व्यवस्था मिलाइएको छ।

गत भदौ १० गते त्रिशूली र भोटेकोशी नदीमा आएको बाढीबाट नेपाल विद्युत् प्राधिकरणका संरचनामा ठूलो क्षति पुगेको थियो। बाढीपछि प्राधिकरणले खोज तथा उद्धारसँगै क्षतिग्रस्त विद्युत् संरचनाको पुनःस्थापना र विद्युत् आपूर्ति सुचारु गर्ने कार्यलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।