९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा
अ अ+ अ-

काठमाडौँ। सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी तथा व्यवसायीहरूका लागि विशेष ‘व्यवसाय पुनरुत्थान प्याकेज’ घोषणा गरेको छ ।

अर्थ मन्त्रालयको प्रश्तावमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रका उद्योग, व्यापार र व्यावसायिक प्रतिष्ठानहरूलाई लक्षित गरी कर छुट, महशुल सहुलियत तथा ऋण सुविधासहितको राहत कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

भन्सार विभागमार्फत कार्यान्वयन हुनेगरी बाढीका कारण क्षतिग्रस्त वा हराएका व्यावसायिक सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी पुनः आयात गर्दा लाग्ने सम्पूर्ण भन्सार महशुल छुट दिने निर्णय गरिएको छ ।

त्यसैगरी, पूर्ण रूपमा नष्ट भएका प्लाण्ट, मेशिनरी तथा यन्त्र उपकरणहरूको पैठारीमा समेत शतप्रतिशत भन्सार महशुल मिनाहा गरिनेछ । भन्सार महशुल बुझाइसकेको तर गन्तव्यमा नपुग्दै वस्तु नष्ट भएको हकमा ६ महिनाभित्र सोही प्रकृतिको वस्तु आयात गर्दा पहिले तिरेको महशुल समायोजन गर्ने व्यवस्था मिलाइनेछ ।

आन्तरिक राजश्व विभागले प्रभावित क्षेत्रका करदाताका लागि मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्क विवरण तथा कर बुझाउने म्याद २०८३ कात्तिक २५ गतेसम्म थप गरेको छ ।

बाढीबाट पूर्ण रूपमा क्षति भएको व्यावसायिक सम्पतीको मूल्यलाई कर प्रयोजनका लागि एकमुष्ठ खर्चकट्टी गर्न पाउने र आंशिक क्षति भएका सम्पत्तिको मर्मत खर्चमा आयकर ऐनको सीमा लागू नहुने व्यवस्था गरिएको छ । साथै, प्रभावित क्षेत्रका पूर्वानुमानित आय विवरण बुझाउने व्यक्तिहरूलाई आर्थिक वर्ष २०८२÷८३ को आयकरमा पूर्ण छुट प्रदान गरिनेछ ।

नेपाल राष्ट्र बैंकमार्फत बाढी प्रभावित ऋणीहरूका लागि कर्जा पुनरसंरचना तथा पुनर्तालिकीकरणको सुविधा प्रदान गरिने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले यस्ता ऋणीहरूलाई एक वर्षका लागि आधार दरमा अधिकतम ०.५ प्रतिशत बिन्दु मात्र प्रिमियम थप गरी ब्याजदर कायम गर्नुपर्नेछ ।

व्यावसायिक निरन्तरताका लागि नयाँ सवारी वा उपकरण खरिद गर्न चाहने ऋणीलाई न्युनतम प्रिमियममा कर्जा उपलब्ध गराउनुका साथै ऋण–मूल्य अनुपातमा समेत पुनरावलोकन गरिने निर्णय भएको छ ।

नेपाल बीमा प्राधिकरणले बाढीका कारण भएको क्षतिको बीमा दाबी प्रक्रियालाई प्रभावकारी बनाउन सर्भेयर परिचालनलाई सहज बनाउनेछ । बीमितहरूलाई प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनका आधारमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने र संक्षिप्त कार्यविधिमार्फत दाबी भुक्तानीलाई छिटो छरितो बनाउन निर्देशन दिइएको छ ।

कुनै पनि निकायले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रकमलाई सोही शिर्षकको खर्चमा गणना गर्न पाउने गरी कानूनी परिमार्जन गरिनेछ ।

यस्तै, क्षतिग्रस्त व्यवसाय र सम्पत्तिमा निश्चित अवधिका लागि सम्पती कर, व्यवसाय कर र नक्शापास दस्तुरमा छुट दिन प्रदेश र स्थानीय सरकारलाई अनुरोध गर्ने निर्णय समेत सरकारले गरेको छ । –न्युज एजेन्सी नेपाल