९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु

कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु
अ अ+ अ-

चितवन। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा रुख काट्ने र झाडी सफा गर्ने काम थालिएको छ ।

नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार आज ३३ जना रुख काट्न र झाडी फाँड्न परिचालन गरिएको छ । तीमध्ये चार जना सुपरभाइजर हुन् भने बाँकी मजदुर हुन् ।

बुधबारबाटै झाडी फाँड्न थालिएको भए पनि आज रुखसमेत काट्न सुरु गरिएको हो । भित्तो पट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने एकीन गर्न सकिने मिश्रले बताउनुभयो ।

दिनभरमा सफा गरिसक्ने अनुमान गरिएको छ । डाँडो सफा गरेपछि विज्ञहरुले हेरेसँगै कहाँबाट ट्याक खोल्न उपयुक्त हुन्छ । त्यसका लागि आवश्यक निर्देशनअनुसार काम अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।

सडक विस्ताकारको काम गरिरहेको निर्माण कम्पनी शर्मा जेभीले सरसफाइ र रुख काट्ने काम गरेको हो । निर्माण कम्पनीले डाँडाको दुवैतर्फ एक्साभेटर तयारी अवस्थामा राखेको छ । मिश्रका अनुसार यो पहिलो डाँडो ८० मिटर हाराहारी चौडा छ । सडकबाट ३० मिटर अग्लाइमा पहिलो डाँडो छ । त्योभन्दा माथि अर्को डाँडो छ । झण्डै २०० मिटर लम्बाइको सडक भासिएर र चिरिएको छ । यहाँ १० मिटर फराकिलो सडक रहेको थियो ।

त्रिशूली नदीले फेदमा रहेको बलियो संरचनासमेत बगाएपछि सडक भासिएको हो । निर्माण कम्पनीका सञ्चालक सहदेव खड्काले नक्साङ्कन तयार भएसँगै काम गर्न तयारी अवस्थामा रहेको बताउनुभयो ।

भदौ १४ गते बिहान यो सडक भासिएसँगै राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको छ । सरकारले यथासक्य छिटो  सडक सञ्चालन गर्न आवश्यक निर्णय र निर्देशन दिई सकेको छ । भदौ महिनाभित्र वैकल्पिक मार्ग बनाउने गरी काम अघि बढाइएको हो । विसं २०५६ तिर यो सडकमा पटकपटक पहिरो खसेर दुःख दिएको थियो । यससँगै सडकलाइन मर्मत सम्भारपछि विसं २०६० यता सडकले दुःख दिएको थिएन ।

दुवैतर्फ कडा चट्टान छ भने भीरको बीच भागमा ६० देखि ७० मिटर भाग केही कमजोर रहेको इञ्जिनियर मिश्र बताउनुहुन्छ । सोही ठाउँमा समस्या आएको हो । गतवर्ष सोही सडकको छेउ पट्टीको भाग भासिएपछि मर्मत भइरहेको थियो ।

यसै क्रममा पूरै सडक भासिएको हो । यो सडक भासिएसँगै गोरखातर्फबाट वैकल्पिक मार्गको खोजी भइरहेको छ । गोरखा तर्फबाट धादिङका फरक–फरक ठाउँमा निस्कने थुप्रै मार्ग छन् ।

तीमध्ये उपयुक्तलाई मर्मत सम्भार गरी वैकल्पिक रुपमा प्रयोगमा ल्याउन लागिएको हो । भोटेकोशीको बाढीसँगै आएको लेदो र गेग्रयानले त्रिशूली नदीको कृष्णभीरसहित  विभिन्न ठाउँमा क्षति पुर्याएको छ । रासस