९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व
अ अ+ अ-

कपिलवस्तु। कपिलवस्तुका महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन छठ्ठी पर्व मनाएका छन् ।

घर नजिकै कुश रहेको ठाउँमा गएर उहाँहरुले पूजापाठ गरी तीन छठ्ठी पर्व मनाएका हुन् । पूजापाठका लागि उहाँहरु कपिलवस्तु नगरपालिका–६ स्थित निगालीकोटमा पुगेका थिए ।

पर्वका दिन बिहानै व्रतालु महिलाले महुवाको दतिवनले दाँत माझ्ने चलन छ । सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी ब्रत, पुजापाठ र भजनकीर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन् ।

कपिलवस्तु नगरपालिका–६ थुम्हवी व्रतालु ज्ञानमती बरईले छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनी यो व्रत राख्ने चलन रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस पर्वमा घासे कुश, महुवा र तिन्नी नाम गरेको चामल को पूजापाठ गरी आफ्ना छोरालाई टीका टालो गर्ने गरिन्छ”, उहाँले तीन छठ्ठी माताको व्रत बस्ने परिवार कै फलिफात हुने विश्वास व्यक्त गर्नुभयो ।

कपिलवस्तु नगरपालिका–६ की व्रतालु नन्दनी यादवले तीन छठ्ठी पर्व छोरा भएका महिलाले मनाउने गरेको बताउनुभयो । अर्का व्रतालु माया कलवारले तिन छठ्ठी माईले जसको मनोकमना पूरा गर्नुहुन्छ । त्यसले यो पर्व मनाउने गरेको बताउनुभयो ।

उपवास सकेपछि हलो नजोतिएको खेतको अन्न अर्थात (तिन्नीको भात) जङ्गली धानको चामलको भात र साग खाएर महिलाले व्रत गर्ने गर्दछन् । व्रतका बेला कुशसँगै देवीहरुको मन्दिर पूजाआजा गर्ने प्रचलन छ ।

पूजाका लागी चिनी नहालेको दही, हर्दी, चामल महुवा र चनाकालाई एकै ठाउँमा मुछेर प्रसाद बनाइन्छ । वैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए । तर पोखरीमा पानी नआए पछि उहाँले आफ्नो नातीको बली दिए पश्चात पोखरीमा पानी निस्किएको थियो ।

त्यसपछि राजाकी बुहारीले तीन छठ्ठी देवीको व्रत राख्दा पुनः राजाको नाती जीवित भएको प्रसङ्ग जोडी यो व्रत गर्ने प्रचलन रही आएको छ ।

विशेष गरी कुशको पूजा गर्नका लागि व्रतालु महिला निगालिकोट, तौलिहवास्थित प्रहरी कार्यालयबाहिर र नेपाली सेनाको ब्यारेक, २४ हजार नहरलगायत कुश भएका विभिन्न स्थानमा पुगेका थिए । रासस