१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले काठमाडौँ उपत्यकामा आज ६ वटा चुनावी सभा गर्ने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ । चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ ।

दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने कांग्रेसको चुनावी सभामा पार्टी उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने तालिका रहेको कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ । भक्तपुर २ मा कांग्रेसले वरिष्ठ पत्रकार कबिर राणालाई चुनावी मैदानमा उतारेको छ ।

युवा नेता कबिर शर्मालाई उम्मेदवार बनाएको काठमाडौं निर्वाचन क्षेत्र नं २ को पेप्सीकोला टाउनप्लानिङमा हुने चुनावी सभामा पनि उपसभापति शर्माले सम्बोधन गर्ने भएका छन् ।

युवा नेता प्रमोदहरि गुरागाईँ उम्मेदवार रहेको काठमाडौं निर्वाचन क्षेत्र नं ७ को बालाजु चोकमा दिउँसो ३ बजे हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने तालिका रहेको छ ।

दिउँसो ३:३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ । काठमाडौं ५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौं ६ मा जिल्ला सभापति सबुज बानिया उम्मेदवार छन् । संयुक्त सभालाई पार्टी सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् ।

यस्तै दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा हुने कांग्रेसको चुनावी सभामा सभापति गगनकुमार थापाले सम्बोधन गर्ने तालिका रहेको छ । काठमाडौं ४ मा कांग्रेसले चर्चित क्रिकेट कमेन्टेटर तथा युवा नेता सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ ।