१८ भाद्र २०८३, बिहीबार
,
Latest
रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछाप–१(१)मा श्रेष्ठ निर्वाचित



अ+ अ-

रामेछाप । रामेछाप–१(१)मा तारानारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का नेता हुनुहुन्छ ।

श्रेष्ठले १७ हजार एक सय अठचालिस मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्तिप्रसाद पौडेले १५ हजार एक सय ५७ मत प्राप्त गर्नुभएको थियो ।

यसैबीच रामेछाप–१(२)को मतगणना सुरु भएको छ । यो समाचार तयार पार्दासम्म खाँडादेवी गाउँपालिकाका केही वडाको मत गणना हुँदा एमालेका मिलन घिसिङले दुई हजार आठ सय १६ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका युवराज चौलागाईँले दुई हजार एक सय ४८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रतिनिधिसभा सदस्यका लोकतान्त्रिक–वाम गठबन्धनका कांग्रेसका उम्मेदवार पुर्णबहादुर तामाङ ९कान्छाराम०ले २४ हजार चार सय ५१ मत प्राप्त गर्नुभएको छ भने एमालेका कैलाशप्रसाद ढुङ्गेलले १६ हजार छ सय ८२ मत प्राप्त गर्नुभएको छ ।