९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल

बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल
अ अ+ अ-

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो विपद्का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, विपद्पछिको पुनःस्थापना तथा आगामी प्राथमिकताका विषयमा नेपाल शिक्षा समूह (नेपाल एजुकेशन क्लस्टर) का प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा आज मन्त्रालयमा सम्पन्न छलफलमा बाढी प्रभावित विद्यालयको पुनःस्थापना, विद्यार्थीको पढाइलाई निरन्तरता, आवश्यक सहयोग तथा स्रोत परिचालन र दीर्घकालीन पुनःनिर्माणबारे छलफल भएको हो । छलफलमा विकास साझेदार संस्थाका प्रतिनिधिले प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका साथै विद्यार्थीको अध्ययन निरन्तरताका लागि सरकारसँग समन्वय गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उहाँहरूले प्रभावित बालबालिकाको शिक्षा र बसोबास व्यवस्थापनमा सहयोग गर्ने बताएका छन् । साथै, उनीहरुले तत्कालीन र दीर्घकालीन सहयोगका लागि आफूहरु लागिरहेको र आवश्यक स्रोत व्यवस्थापनका काममा जुटाइरहेको जानकारी दिनुभयो ।

शिक्षामन्त्री पोखरेलले विपद्को यस घडिमा एजुकेशन क्लस्टरका प्रतिनिधिहरुबाट भएको प्रयासका लागि धन्यवाद दिँदै यसमा मन्त्रालय एक्लो नरहेको र सामूहिक प्रयास भइरहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा बाढी प्रभावित क्षेत्रका विद्यालयको पुनःनिर्माणका सन्दर्भमा हामीले आवाशीय सुविधा र विद्यालय बस सुविधासहितका ठूला विद्यालयको अवधारणाअनुसार अगाडि बढ्दा उपयुक्त हुनसक्ने धारणा राख्नुभयो ।

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले अन्य देशहरुले यस्तो विपद्को समयमा त्यहाँको समुदायको पुनःस्थापनाका लागि के कस्ता प्रयास गरेका थिए भन्ने अनुभवले हामीलाई यस क्षेत्रमा काम गर्नका लागि सहयोग पुग्ने भएकाले सोका लागि पनि क्लटरका प्रतिनिधिहरुलाई आवश्यक अध्ययन गर्नहुन अनुरोध गर्नुभयो ।

शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीचन्द्र भट्टराईले विकास साझेदारबाट हुने सहयोगमा दोहोरोपन नआउने गरी सरकारी निकायसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । शिक्षा विभागका निर्देशक निलकण्ठ ढकालले बाढीबाट प्रभावित विद्यार्थी तथा शिक्षकको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।

बाढीका कारण सामुदायिक तथा संस्थागत विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा पूर्ण र आंशिक क्षति पुगेको छ । क्षतिको विस्तृत जिल्लागत विवरण सङ्कलन तथा अद्यावधिक भइरहेको विभागले जनाएको छ । मन्त्रालयले यकिन तथ्याङ्कका आधारमा राहत, पुनःस्थापना र पुनःनिर्माणका कार्यक्रम अघि बढाउने जनाएको छ । शिक्षा विभागले उपलब्ध गराएको हालसम्मको तथ्याङ्कअनुसार हालै आएको बाढीका कारण विद्यार्थी र शिक्षकसमेत ठूलो सङ्ख्यामा प्रभावित भएका छन् ।

बाढीबाट प्रभावित विद्यार्थी तथा शिक्षकमा रसुवा, नुवाकोट र धादिङ जिल्लाका शैक्षिक संस्थासँग सम्बन्धित व्यक्तिहरू छन् । बाढीका कारण शैक्षिक क्षेत्र प्रभावित भएको छ । बाढीले शैक्षिक संस्थाका भौतिक संरचनामा क्षति पुर्याएको छ । प्राप्त विवरणमा सामुदायिक तथा संस्थागत विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा पूर्ण र आंशिक क्षति भएको उल्लेख छ ।

प्रारम्भिक विवरणअनुसार केही सामुदायिक तथा संस्थागत शैक्षिक संस्थामा पूर्ण क्षति पुगेको छ भने केहीमा आंशिक क्षति भएको छ । तर जिल्लागत रूपमा कुन संस्थामा कति क्षति भयो भन्ने विस्तृत विवरण भने अझै सङ्कलन तथा अद्यावधिक भइरहेको विभागले जनाएको छ । बाढीबाट विद्यार्थी, शिक्षक तथा शैक्षिक संस्थामाथि परेको क्षतिको यकिन विवरण सङ्कलन गरी राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाइने छ ।