नायिका प्रियंका चोपडाले ‘ ६२ औं ग्रामी अवार्ड’मा लगाएको पहिरनले उनलाई आलोचनाको शिखरमा पुर्याएको छ । प्रियंकाले यो अवार्डको रेड कार्पेटमा राल्फ एण्ड लारेनको गाउन लगाएकी थिइन् जुन गाउनमा उनी निकै नै बोल्ड देखिएकी थिइन् । तर प्रियंकाको यो पहिरनले सामाजिक संजालमा निकै नै बहसको विषय नै बन्न पायो । उनको यो पहिरनको तस्बिर सार्वजनिक भएसँगै उनी ट्रोलको शिकार हुनबाट बन्चित हुन सकिन ।

प्रियंका ट्रोलको शिकार भएपछि यो बिषयमा उनकी आमाले पहिलो पटक आफ्नो मुख खोलेकी छिन् । प्रियंकाकी आमा मधुले मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘म यो कुराले खुशी छु, किनकी यो कुराले प्रियंका झनै बलियो बनेकी छिन् । उनी आफ्नो शर्त अनुसार जिन्दगी जिउँछिन् । उनले, बोल्ड पहिरन लगाउँदा कसैलाई हानी त भएको छैन नी ।’

उनले अगाडि भनिन्–‘प्रियंकासँग निकै नै आकर्षक शरीर छ । उनको शरीर हो, जे मन लाग्छ गर्छिन्, अरुलाई किन यति धेरै चासो ?’ मधुले, ट्रोल बनाउनेहरुको जिन्दगीमा हाँसो नभएको समेत तर्क गरिन् । भनिन्–‘उनीहरु कप्युटरको पछाडि बसेर काम गर्छन् । उनीहरुको जिन्दगीमा खुशी नै छैन ।’








