२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओ रोमियो’ ट्रेलर लन्चमा नाना पाटेकर रिसाए, शाहिद–तृप्तिको ढिलाइपछि कार्यक्रम छोडेर हिँडे



अ+ अ-

एजेन्सी । शाहिद कपूर र तृप्ति डिमरी अभिनीत फिल्म ‘ओ रोमियो’को ट्रेलर लन्च कार्यक्रम बुधबार आयोजना गरिएको थियो।

कार्यक्रममा वरिष्ठ अभिनेता नाना पाटेकर पनि सहभागी थिए। तर लिड कलाकारहरू शाहिद र तृप्ति समयमै नपुगेपछि नाना पाटेकर आक्रोशित हुँदै कार्यक्रमबाट बाहिरिए।

एनडीटीभीका अनुसार कार्यक्रम दिउँसो १२ बजे सुरु हुने तय थियो। समयप्रति कडाइ गर्ने स्वभावका नाना पाटेकर ठिक समयमा कार्यक्रमस्थल पुगे पनि शाहिद र तृप्ति एक घण्टासम्म नआएपछि उनी रिसाएका थिए।

लामो समय कुर्दासमेत कार्यक्रम सुरु नभएपछि नाना कार्यक्रम छोडेर निस्किएका हुन्। उनी बाहिरिँदै गर्दा फिल्म टिमले रोक्ने प्रयास गरेको भिडियो पनि सार्वजनिक भएको छ।

यस विषयमा फिल्मका निर्देशक विशाल भारद्वाजले प्रतिक्रिया दिएका छन्। उनले नानाको स्वभावलाई उनको ‘सिग्नेचर स्टाइल’ भन्दै २७ वर्षको मित्रता र पहिलोपटक सँगै काम गरेको अनुभव उल्लेख गरे। एक घण्टा कुर्नुपरेपछि नाना उठेर जानु स्वाभाविक भएको उनले बताए।

फिल्म ‘ओ रोमियो’ १३ फेब्रुअरीमा प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा शाहिद कपूर, तृप्ति डिमरी, अविनाश तिवारी, फरीदा जलाल र रणदीप हुड्डाको अभिनय रहेको छ।