१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल

विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल
अ अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले नेपालका सबै विश्वविद्यालयलाई समेट्ने गरी ‘छाता ऐन’ ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उहाँले विश्वविद्यालयहरूलाई छुट्टाछुट्टै ऐनमार्फत सञ्चालन गर्ने वर्तमान व्यवस्थाले प्राज्ञिक क्षेत्रमा अन्योल सिर्जना गरेको बताउनुभयो ।

दुलालले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता, कार्यक्षेत्र र सञ्चालन ढाँचामाथि प्रश्न उठाउँदै विश्वविद्यालयको नेतृत्व र सञ्चालनमा प्राज्ञिक स्वतन्त्रता सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सुरक्षा तथा सामरिक महत्वका विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखिए पनि विश्वविद्यालय सैनिक मुख्यालयको एउटा अंगजस्तो बन्न नहुने उहाँको भनाइ थियो । प्राज्ञिक स्वायत्तता सुनिश्चित नभए विश्वविद्यालय साधारण महाविद्यालयमा सीमित हुने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रन नसक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय सुरक्षा र सामरिक महत्वको विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने भनिए पनि यो विश्वविद्यालय कहीँकतै सैनिक मुख्यालयको एउटा अंग जस्तो त हुने होइन ? हामीले अझै पनि विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रले नेतृत्व गर्ने थलोका रूपमा विकास गर्न सकेका छैनौँ ।”

दुलालले विश्वविद्यालयलाई साँघुरो घेराभित्र सीमित राखेर अन्तर्राष्ट्रियस्तरको जनशक्ति उत्पादन गर्ने लक्ष्य पूरा गर्न कठिन हुने भन्दै विधेयकलाई आवश्यकताअनुसार परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।