१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन

कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन
अ अ+ अ-
काठमाडौं । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी–कोदारीलाई थप सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डलले स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले चिनियाँ पक्षसँग छलफल गर्दै सीमा क्षेत्रमा देखिएका समस्या तथा नाकासम्म पुग्ने सडकको अवस्थाबारे ध्यानाकर्षण गराएको हो । टोलीमा परराष्ट्र, अर्थ, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग र सडक डिभिजन चरीकोटका अधिकारी सहभागी थिए ।

टोलीले सिन्धुपाल्चोकका सुरक्षा निकाय तथा प्रशासनका प्रतिनिधिसँग समन्वय गरी नाकाको वर्तमान अवस्था, सडकको भौतिक अवस्था र सञ्चालनमा देखिएका प्राविधिक कठिनाइबारे जानकारी लिएको थियो । अनुगमनका क्रममा नाकासम्म पुग्ने राजमार्गको अवस्थालाई विशेष प्राथमिकताका साथ अध्ययन गरिएको थियो ।

टोलीले सडकको कमजोर भौतिक अवस्थाका कारण नाका सञ्चालनमा दीर्घकालीन अवरोध आउन नदिन तत्काल सुधारका काम अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । साथै, दुई देशबीचको आपूर्ति प्रणालीलाई सहज बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।

अनुगमनपछि आयोजित बैठकमा नेपाली पक्षले सीमा नाकालाई थप गतिशील बनाउन तथा नेपाल–चीन व्यापारिक सम्बन्धलाई सुदृढ गर्न आवश्यक पूर्वाधार सुधारमा सहकार्य गर्न चिनियाँ पक्षसँग आग्रह गरेको थियो ।

सीमा क्षेत्रको सडक मर्मत तथा सुधारका लागि तत्काल काम अघि बढाउने र नाका सञ्चालनमा देखिएका व्यावहारिक जटिलता समाधान गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको टोलीले जनाएको छ । यस्तै, सिन्धुपाल्चोकको स्थानीय प्रशासनले नाका सञ्चालनका लागि आवश्यक सुरक्षा तथा व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।

सरकारको यो उच्चस्तरीय पहलले विभिन्न कारणले अपेक्षित रूपमा सञ्चालन हुन नसकेको तातोपानी नाकालाई थप प्रभावकारी बनाउँदै पूर्ण क्षमतामा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।