१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड
अ अ+ अ-

काठमाडौं । सांसदहरूले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकको उद्देश्य र राष्ट्रिय आवश्यकतालाई स्वीकार गर्दै प्रस्तावित संरचना, पदाधिकारी नियुक्ति प्रक्रिया तथा प्राज्ञिक स्वायत्तताका विषयमा प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले विश्वविद्यालयलाई नेपाली सेनाको मात्र तालिम केन्द्रका रूपमा नभई प्राज्ञिक तथा अनुसन्धानको राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

छलफलमा सांसद विक्रम थापाले सुरक्षा निकायको प्रभावभन्दा प्राज्ञिक विशेषज्ञतालाई प्राथमिकता दिनुपर्ने बताउँदै पदाधिकारी सिफारिस समितिमा विषयविज्ञको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो ।

सांसद भरत गिरीले साइबर सुरक्षा, सूचना प्रविधि तथा भूराजनीतिजस्ता बदलिँदा सुरक्षा आयामलाई विश्वविद्यालयको पाठ्यक्रममा समेट्नुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयको मुख्य आधार ज्ञान र अनुसन्धान हुनुपर्ने भन्दै प्राज्ञिक स्वतन्त्रता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खुश्बु ओलीले भारत, मलेसिया र ब्राजिलका उदाहरण प्रस्तुत गर्दै नागरिक तथा सैनिक पक्षबीच सन्तुलन कायम गर्नुपर्ने र विश्वविद्यालयलाई स्वायत्त संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

डा. पुष्पराज कँडेलले विदेशी विद्यार्थी तथा प्राध्यापकको सहभागिताका क्रममा राष्ट्रिय गोपनीयताको विषयमा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

सांसद राम लामाले काभ्रेपलाञ्चोकमा स्थापना हुन लागेको विश्वविद्यालयको भौतिक स्थानको स्वागत गर्दै पदाधिकारी नियुक्तिमा राजनीतिक हस्तक्षेप रोक्नुपर्नेमा जोड दिनुभयो । सत्ता परिवर्तनसँगै विश्वविद्यालयका पदाधिकारी परिवर्तन हुने परम्पराको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद बलावती शर्माले विश्वविद्यालयको स्पष्ट उद्देश्य र प्राज्ञिक दक्षतामाथि प्रश्न उठाउँदै यसको संरचना कर्मचारीमुखी हुन नहुने बताउनुभयो । उहाँले विश्वविद्यालयलाई अनुसन्धान, ज्ञान र दक्षता विकासको केन्द्रका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।