काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनुभएको छ ।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग बिदाइ भेट गर्नुभएको हो ।

भेटका क्रममा प्रधानमन्त्री शाहले हालै नेपालमा आएको बाढीपहिरो तथा अन्य विपद्का समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो । उहाँले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामनासमेत व्यक्त गर्नुभयो ।
भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराउनुभयो । उहाँले नेपाल बसाइका क्रममा सहयोग र सद्भाव प्रदान गर्ने नेपाल सरकार तथा नेपाली जनताप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो ।







