१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत

भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ

भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ
अ अ+ अ-
काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले भोटेकोशी बाढीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव कम गर्न विश्वभर ‘नेपाल भ्रमणका लागि सुरक्षित छ’ भन्ने सन्देश तत्काल प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष शाहले भोटेकोशी करिडोरमा विपत्ति आए पनि काठमाडौं, चितवन, पोखरालगायतका प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेको जानकारी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

उहाँले भारत र चीनलगायत प्रमुख पर्यटकीय बजारमा दशैँ–तिहारको पर्यटकीय सिजनअघि नै प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पर्यटन बोर्ड, विदेशस्थित नेपाली दूतावास र निजी क्षेत्रबीच सहकार्य गरी प्रवद्र्धन अभियानलाई तीव्रता दिनुपर्ने उहाँको भनाइ छ ।

‘भोटेकोशीको करिडोरमा विपत्ति भएको हो, नेपालभरि होइन । काठमाडौं, चितवन, पोखरालगायतका पर्यटकीय गन्तव्य सामान्य अवस्थामा छन् भन्ने सन्देश हामीले प्रभावकारी रूपमा दिनुपर्छ,’ अध्यक्ष शाहले भन्नुभयो ।

उहाँका अनुसार नेपाल आउने अधिकांश पर्यटक पदयात्रा, पर्वतारोहण र र्‍याफ्टिङजस्ता साहसिक पर्यटनमा आकर्षित हुने भएकाले उनीहरू जोखिमबारे जानकार हुन्छन् । त्यसैले प्राकृतिक विपत्तिको वास्तविक अवस्थाबारे सही सूचना अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सके समग्र नेपालको पर्यटन क्षेत्रमा पर्ने असर न्यून गर्न सकिने उहाँले बताउनुभयो ।

अध्यक्ष शाहले भूकम्प र कोभिड महामारीका समयमा समेत नेपाली पर्यटन क्षेत्रले चुनौती सामना गरेर पुनरुत्थान गरेको स्मरण गर्दै यसपटक पनि सरकार र निजी क्षेत्रबीच समन्वय गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्जाल प्रयोग गर्न सुझाव

शाहले नेपालको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको विश्वव्यापी सञ्जालसमेत उपयोग गर्नुपर्ने बताउनुभयो । टर्किस एयरलाइन्स, सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक र कतार एयरवेजलगायतका विमान कम्पनीसँग सहकार्य गरी नेपाल भ्रमणसम्बन्धी सकारात्मक सन्देश विश्व बजारमा पुर्‍याउनुपर्ने उहाँको सुझाव छ ।

नेपालमा पर्यटकको आगमन बढ्दा एयरलाइन्सको व्यवसायसमेत विस्तार हुने भएकाले पर्यटन प्रवद्र्धनमा उनीहरूको सहकार्य प्रभावकारी हुने उहाँले बताउनुभयो । पोखरामा सेप्टेम्बर २३ देखि फ्लाई दुबईले दैनिक उडान सुरु गरेकाले त्यसले पनि नेपालको पर्यटन सामान्य अवस्थामा फर्किरहेको सकारात्मक सन्देश प्रवाह गरेको उहाँको भनाइ छ ।

विपद्पछिको पर्यटन पुनरुत्थानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार, नेपाललाई सहयोग गर्न इच्छुक संघसंस्था तथा व्यक्तिहरूलाई समेटेर स्पष्ट कार्ययोजनासहित अघि बढ्नुपर्ने अध्यक्ष शाहले बताउनुभयो ।

उहाँले दशैँ–तिहारको मुख्य पर्यटकीय सिजनमा हुनसक्ने आर्थिक क्षति न्यूनीकरण गर्न तत्काल प्रवद्र्धन, प्रभावकारी सूचना सम्प्रेषण र समन्वित कार्ययोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय पर्यटकका बुकिङ रद्द हुने क्रम घट्दै गएको पनि उहाँले जानकारी दिनुभयो ।

होटल संघले आफ्ना अन्तर्राष्ट्रिय सम्पर्क तथा ट्राभल एजेन्टमार्फत ‘नेपाल कलिङ, नेपाल नाउ’ अभियान सञ्चालन गर्दै नेपाल सुरक्षित र उपयुक्त पर्यटकीय गन्तव्य रहेको सन्देश प्रवाह गरिरहेको अध्यक्ष शाहले बताउनुभयो ।

उहाँले पर्यटन व्यवसायी, होटल कर्मचारी तथा विपद्बाट प्रभावित व्यवसायीलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रहसमेत गर्नुभयो।