१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो

थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु

थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु
अ अ+ अ-

मनाङ, १३ असोजः अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।

नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । “धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ । यहाँ उपलब्ध एक्साभेटरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम सुरु भएको छ”, उहाँले भन्नुभयो, “ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ । यसका लागि तयारी पनि भइरहेको छ ।”

उहाँका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर डुबानमा परेका छन् ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले स्थानीय उपलब्ध स्रोतसाधन प्रयोग गरी नदी खुलाउन सकियो भने स्थानीयवासीलाई छिट्टै घर फर्काउन सकिने जानकारी दिनुभयो । “विस्फोट गराइ चट्टान फुटाउँदा मस्र्याङ्दीको तटीय क्षेत्रमा बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्न आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “एक्साभेटरले अडिएका ढुङ्गा केही हटाउन सकिएमा तटीय क्षेत्रमा कम क्षति पुर्याउनेछ ।”

लमजुङ हिमाल शिर रहेको घट्टेखोलामा लेदोसहितको ठूला ढुङ्गाले मस्र्याङ्दी नदी थुनिएको हो । वरपरका क्षेत्रमा क्षति नपुर्याउने गरी बम विस्फोट गराएर नदीको बहावलाई पुरानै लय फर्काउन अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । नदी खुलाउन सकिएमा स्थानीयको त्रास र सहज वातावरण छिटो अन्त्य हुने उहाँको भनाइ छ ।

बाढी र पहिरोका कारण त्यस क्षेत्रमा विद्युत् आपूर्ति, खानेपानी समस्या, टेलिफोन सम्पर्क, इन्टरनेटको पहुँच नभएको, सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ । स्थानीय ङिस्याङ गाउँपालिका–४ हुम्देको बाढी र पहिरोले पालिका वरपरका बस्तीमा पानी र हिलो घर पसेको छ । सब्जे खोलाबाट निकालिएको लघुजलविद्युत् आयोजना विद्युतगृहमा क्षति भएपछि आपूर्ति व्यवस्था अवरुद्ध छ । यसअघि २०७८ सालमा सोही घट्टेखोला, ठाडो खोला र मस्र्याङ्दीको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो ।रासस