१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने

उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने
अ अ+ अ-

काठमाडौं ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)की राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणासहित केन्द्रीय पदाधिकारीहरूको टोलीले मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्यसँग उच्च शिक्षा छात्रवृत्ति, शिक्षक क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधारलगायत विषयमा छलफल गरेको छ ।

छलफलमा उच्च शिक्षा छात्रवृत्ति आवश्यकता–आधारित मात्र नभई योग्यताका आधारमा समेत प्रदान गर्नुपर्ने विषयमा जोड दिइएको थियो । योग्य विद्यार्थीलाई छात्रवृत्तिको अवसर विस्तार गर्न सके विद्यार्थी पलायन रोक्नसमेत सहयोग पुग्ने धारणा नेसनल प्याब्सनको नेतृत्वले राखेको थियो ।

यस्तै, कक्षा १ देखि ८ सम्म अध्यापनरत शिक्षकको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम सञ्चालन, आधुनिक शिक्षण पद्धतिको प्रयोग तथा अनुसन्धानमा आधारित शिक्षक तालिमका विषयमा पनि छलफल भएको थियो । विद्यालय शिक्षालाई प्रविधिसँग जोड्दै प्राविधिक तथा व्यावसायिक विषयलाई पाठ्यक्रममा समावेश गर्ने तथा विद्यालयको पाठ्यक्रम विकासमा विश्वविद्यालयसँग सहकार्य गर्ने विषयमा समेत विचार–विमर्श भएको जनाइएको छ ।

छलफलमा विद्यालय शिक्षा र उच्च शिक्षाबीच प्रभावकारी समन्वय कायम गरी विद्यार्थीको सिकाइ उपलब्धि, शिक्षकको व्यावसायिक दक्षता तथा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

नेसनल प्याब्सन र मधेश विश्वविद्यालयबीच सम्झौता गरी शिक्षक तालिम, शैक्षिक अनुसन्धान, पाठ्यक्रम विकास, नवप्रवर्तन, प्राविधिक तथा व्यावसायिक शिक्षा र विद्यालय–विश्वविद्यालय साझेदारीका कार्यक्रमलाई संस्थागत रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको छ ।

उपकुलपति शाक्यले शिक्षा क्षेत्रको सुधारका लागि मधेश विश्वविद्यालयले आवश्यक प्राज्ञिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको बताउँदै आगामी दिनमा सहकार्यलाई व्यवस्थित र संस्थागत रूपमा अघि बढाउने धारणा व्यक्त गर्नुभएको थियो।