१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’

एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’
अ अ+ अ-

काठमाडौँ । २०औँ एशियाली खेलकुदमा सहभागी नेपाली आर्चरी टोलीले व्यक्तिगत प्रदर्शनमा सुधार गरे पनि पदकविहीन हुँदै प्रतियोगितामा आफ्नो चुनौती समाप्त गरेको छ ।

टोलीका प्रशिक्षक तथा खेलाडीहरूले व्यक्तिगत प्रदर्शनमा सुधार आएको बताए पनि अन्तर्राष्ट्रियस्तरमा बढ्दो प्रतिस्पर्धा, आधुनिक प्रविधिको प्रयोग र पर्याप्त अभ्यासको अभावका कारण अपेक्षित नतिजा हासिल गर्न नसकेको बताएका छन् ।

नेपाली आर्चरी टोलीका प्रशिक्षक प्रेमप्रसाद पुनले टोलीले नेपालको औसत स्कोर कायम राखे पनि विश्वस्तरीय प्रतिस्पर्धासँग जुध्न अझै धेरै सुधार आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार टोलीले ओलम्पिक ‘वाइल्ड कार्ड’का लागि आवश्यक स्कोरसमेत प्राप्त गरेको छ ।

उहाँले अन्य राष्ट्रका खेलाडी युवा पुस्ता र आधुनिक प्रविधिको प्रयोगसँगै धेरै अघि बढिसकेको बताउँदै नेपालले आफ्नो स्तरमा सुधार गरे पनि विश्वस्तरको प्रदर्शनसँगको दूरी अझै फराकिलो रहेको उल्लेख गर्नुभयो ।

खेलाडी तिलक पुन मगरले व्यक्तिगत स्पर्धामा आफ्नो प्रदर्शन सुधार भए पनि अन्तिम नतिजा अपेक्षाअनुसार आउन नसकेको बताउनुभयो । आफ्नो लक्ष्य ओलम्पिक छनोटका लागि आवश्यक स्कोर पूरा गर्नु रहेको र त्यो हासिल भएको उहाँले जानकारी दिनुभयो । तर, अन्य प्रतिस्पर्धीको स्तर निकै माथि पुगिसकेको अनुभव भएको उहाँको भनाइ थियो ।

कतारका खेलाडीसँगको हारले आफूलाई निराश बनाएको उल्लेख गर्दै पुन मगरले विगतमा आफूले हासिल गरेको स्कोरले उत्कृष्ट ३० भित्र स्थान बनाउन सकिने भए पनि अहिले प्रतिस्पर्धाको स्तर बढेका कारण वरीयता खस्किएको बताउनुभयो ।

अर्की खेलाडी ज्ञानु अवालेले प्रतिकूल मौसम र अन्तर्राष्ट्रिय अनुभवको कमी नेपाली टोलीका मुख्य कमजोरी रहेको बताउनुभयो । प्रतियोगिताका क्रममा सुरुदेखि नै वर्षा भइरहे पनि नेपालमा वर्षाका बेला खेल्ने अभ्यास पर्याप्त नभएकाले प्रदर्शनमा असर परेको उहाँको भनाइ थियो ।

अवालेले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न खेलाडीलाई नियमित वैदेशिक सहभागिता, आधुनिक अभ्यास र विशेष प्रशिक्षणको तत्काल आवश्यकता रहेको बताउनुभयो ।