७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो



अ+ अ-

एजेन्सी । फिल्म धुरन्धर रिलिज भएको १७ दिनमै रणवीर सिंहको करियरकै सबैभन्दा ठूलो फिल्म बन्न सफल भएको छ।

फिल्मले अहिलेसम्म विश्वव्यापी रूपमा ८०५ करोड रुपैयाँको कलेक्सन गरिसकेको छ। यससँगै यो फिल्म कांताराः द लीजेन्ड–च्याप्टर वनपछि यस वर्षको दोस्रो सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ। हालको कलेक्सन हेर्दा धुरन्धरले चाँडै नै कान्ताराः द लीजेन्ड–च्याप्टर १ लाई पनि उछिनेर यस वर्षकै सबैभन्दा ठूलो फिल्म बन्ने अनुमान गर्न सकिन्छ।

फिल्म धुरन्धरले दोस्रो आइतबार ३८.५ करोड रुपैयाँ कमाएको छ। त्यसअघि शनिबार फिल्मले ३४.२५ करोड रुपैयाँको कलेक्सन गरेको थियो। अहिलेसम्म फिल्मले भारतमा ५५५.७५ करोड र विश्वव्यापी रूपमा ८०५ करोड रुपैयाँको कलेक्सन गरिसकेको छ। धुरन्धर चाँडै नै वर्षकै सबैभन्दा ठूलो फिल्म बन्न सक्ने सम्भावना छ।

धुरन्धर सन् २०२५ मा सबैभन्दा धेरै कमाइ गर्ने हिन्दी फिल्म हो। तर सबै भाषाका (तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दी) फिल्महरूमा यस वर्षको सबैभन्दा ठूलो फिल्म भने कान्ताराः द लीजेन्ड–च्याप्टर वन हो, जसले विश्वव्यापी रूपमा कुल ८५० करोड रुपैयाँ कमाएको छ। हाल धुरंधर ८०५ करोड रुपैयाँसहित दोस्रो स्थानमा छ। विक्की कौशलको फिल्म छावा ७९७ करोड कमाइका साथ तेस्रो स्थानमा छ भने ५७९ करोड कलेक्सनसहित सैयारा चौथो र रजनीकान्तको फिल्म कूली ५१४ करोड कलेक्सनका साथ पाँचौँ स्थानमा छ।

फिल्म धुरन्धर रणवीर सिंहको करियरको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ। यसअघि सन् २०१८ मा रिलिज भएको पद्मावत रणवीरको सबैभन्दा ठूलो फिल्म थियो, जसले कुल ५७२ करोड रुपैयाँको कलेक्सन गरेको थियो। तर अहिले धुरन्धरले त्यो कीर्तिमानलाई धेरै पछाडि पारिसकेको छ।

पहिलो भागको शानदार सफलतापछि धुरन्धर–२ १९ मार्च २०२६ मा रिलिज हुने भएको छ। यस फिल्मको बक्स अफिस क्ल्यास यश स्टारर फिल्म टक्सिकसँग हुने बताइएको छ। धुरन्धर २ मा दाऊद इब्राहिमजस्ता पात्रहरू पनि देखाइनेछन्।