२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो

धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो
अ अ+ अ-

एजेन्सी । फिल्म धुरन्धर रिलिज भएको १७ दिनमै रणवीर सिंहको करियरकै सबैभन्दा ठूलो फिल्म बन्न सफल भएको छ।

फिल्मले अहिलेसम्म विश्वव्यापी रूपमा ८०५ करोड रुपैयाँको कलेक्सन गरिसकेको छ। यससँगै यो फिल्म कांताराः द लीजेन्ड–च्याप्टर वनपछि यस वर्षको दोस्रो सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ। हालको कलेक्सन हेर्दा धुरन्धरले चाँडै नै कान्ताराः द लीजेन्ड–च्याप्टर १ लाई पनि उछिनेर यस वर्षकै सबैभन्दा ठूलो फिल्म बन्ने अनुमान गर्न सकिन्छ।

फिल्म धुरन्धरले दोस्रो आइतबार ३८.५ करोड रुपैयाँ कमाएको छ। त्यसअघि शनिबार फिल्मले ३४.२५ करोड रुपैयाँको कलेक्सन गरेको थियो। अहिलेसम्म फिल्मले भारतमा ५५५.७५ करोड र विश्वव्यापी रूपमा ८०५ करोड रुपैयाँको कलेक्सन गरिसकेको छ। धुरन्धर चाँडै नै वर्षकै सबैभन्दा ठूलो फिल्म बन्न सक्ने सम्भावना छ।

धुरन्धर सन् २०२५ मा सबैभन्दा धेरै कमाइ गर्ने हिन्दी फिल्म हो। तर सबै भाषाका (तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दी) फिल्महरूमा यस वर्षको सबैभन्दा ठूलो फिल्म भने कान्ताराः द लीजेन्ड–च्याप्टर वन हो, जसले विश्वव्यापी रूपमा कुल ८५० करोड रुपैयाँ कमाएको छ। हाल धुरंधर ८०५ करोड रुपैयाँसहित दोस्रो स्थानमा छ। विक्की कौशलको फिल्म छावा ७९७ करोड कमाइका साथ तेस्रो स्थानमा छ भने ५७९ करोड कलेक्सनसहित सैयारा चौथो र रजनीकान्तको फिल्म कूली ५१४ करोड कलेक्सनका साथ पाँचौँ स्थानमा छ।

फिल्म धुरन्धर रणवीर सिंहको करियरको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ। यसअघि सन् २०१८ मा रिलिज भएको पद्मावत रणवीरको सबैभन्दा ठूलो फिल्म थियो, जसले कुल ५७२ करोड रुपैयाँको कलेक्सन गरेको थियो। तर अहिले धुरन्धरले त्यो कीर्तिमानलाई धेरै पछाडि पारिसकेको छ।

पहिलो भागको शानदार सफलतापछि धुरन्धर–२ १९ मार्च २०२६ मा रिलिज हुने भएको छ। यस फिल्मको बक्स अफिस क्ल्यास यश स्टारर फिल्म टक्सिकसँग हुने बताइएको छ। धुरन्धर २ मा दाऊद इब्राहिमजस्ता पात्रहरू पनि देखाइनेछन्।