१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

‘राजा साब’को प्रभासको फाइट दृश्यमा फ्यानहरू उत्साहित भएर हलभित्र आरती गर्दा आगालागी

‘राजा साब’को प्रभासको फाइट दृश्यमा फ्यानहरू उत्साहित भएर हलभित्र आरती गर्दा आगालागी
अ अ+ अ-

एजेन्सी । साउथ सुपरस्टार प्रभासको फिल्म ‘राजा साब’ ९ जनवरीमा रिलिज भएको छ।

शनिबार ओडिशामा फिल्म राजा साबको स्क्रिनिङका क्रममा ठूलो दुर्घटना हुनबाट जोगिएको छ। प्रभासको एक फाइट सीन देखेर फ्यानहरू अत्यन्तै उत्साहित भए र हलभित्र आरती गर्न थाले। केहीबेरपछि आरतीको थाली खस्दा हलभित्र आगो लागेको हो।

यो घटना ओडिशाको रायगढ़ामा रहेको अशोक टकीज हलमा भएको हो। फिल्मको सुरुवातमै प्रभासमाथि फिल्माइएको एउटा गीत देखाइँदै गर्दा फ्यानहरू झन् उत्तेजित भए। गीत हेरेपछि केही फ्यानहरू आरतीको थाली लिएर स्क्रिनको आरती उतार्न थाले। भीडका कारण फ्यानहरूको हातबाट थाली खस्न गयो र हेर्दाहेर्दै फर्शमा आगो फैलिन थाल्यो।

हलमा रहेका दर्शकहरूले तुरुन्तै एकजुट भएर आगो निभाउने प्रयास गरे, त्यसपछि थिएटरका कर्मचारीहरू पनि त्यहाँ पुगे। घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा हलभित्र रहेका मानिसहरू गम्छा र कपडाको सहायताले आगो निभाइरहेको देखिन्छ।

थिएटरमा गोही लिएर पुगे फ्यानहरू

आगो लागेको घटनाबाहेक, प्रभासको फिल्म राजा साबको स्क्रिनिङका क्रममा अर्को अनौठो घटना पनि बाहिर आएको छ। केही फ्यानहरू थिएटरमै गोही लिएर पुगेका देखिएका छन्। फिल्मको एउटा दृश्यमा प्रभास गोहीसँग लडिरहेको देखाइएकाले त्यसबाट प्रेरित भई फ्यानहरू गोहीसहित थिएटर पुगेको बताइएको छ। तर भाइरल भइरहेको उक्त भिडियो कहाँको हो भन्ने विषयमा अहिलेसम्म स्पष्ट भइसकेको छैन।

दृश्य काटिएको विषयमा पनि विवाद

९ जनवरीमा रिलिज भएको फिल्म राजा साब विवादमा परेको छ। ट्रेलरमा देखाइएका धेरै दृश्यहरू फिल्ममा समावेश नगरिएको भन्दै फ्यानहरूले असन्तुष्टि जनाएका छन् र फिल्ममेकर्सको चर्को आलोचना गरेका छन्। विवाद बढेपछि फिल्मका निर्माताहरूले १० जनवरीमा प्रेस कन्फ्रेन्स गरेर ट्रेलरमा देखाइएका ती दृश्यहरू अब फिल्ममा समावेश गरिने जानकारी दिएका छन्।

राजा साब भारतीय फिल्म इतिहासकै सबैभन्दा ठूलो बजेटमा बनेको हरर–कमेडी फिल्म हो, जसको बजेट करिब ५०० करोड रुपैयाँ रहेको छ। यद्यपि, फिल्मले समालोचकहरूबाट मिश्रित प्रतिक्रिया पाएको छ।