१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग

नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद

नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद
अ अ+ अ-

काठमाडौं । नेपाल–चीन सीमा नाकामा वस्तु ढुवानी तथा सर्वसाधारणको आवतजावतमा देखिएका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद सुरु भएको छ ।

स्थलगत निरीक्षणका क्रममा नेपाली पक्षले सीमा नाकामा देखिएका विभिन्न व्यवधानका कारण व्यापारिक गतिविधिमा परेको नकारात्मक प्रभावबारे चिनियाँ टोलीलाई जानकारी गराएको हो ।

परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले चिनियाँ दूतावासका प्रतिनिधिसँगको संवादमा सीमा नाकामा देखिएका समस्या तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नाकाको वर्तमान अवस्थाबारे चिनियाँ राजदूत तथा सम्बन्धित निकायमा सकारात्मक प्रतिवेदन पेश गर्न आग्रह गर्दै यसबाट दुई देशबीचको व्यापारिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि नाकामा रहेका ५७ वटा ढुवानीका साधनको व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो । स्थानीय भन्सार कार्यालय र चिनियाँ पक्षबीच प्रभावकारी समन्वय गर्न सके नाका सञ्चालनलाई थप सहज बनाउन सकिने नेपाली अधिकारीहरूले बताएका छन् ।

नेपाली पक्षले सीमा नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन विशेष जोड दिएको छ । छलफलमा दुवै पक्षले सीमा नाकामा देखिएका प्राविधिक तथा प्रशासनिक समस्यालाई आपसी समन्वयमार्फत समाधान गर्नेमा सहमति जनाएका छन् ।