२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो

म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो
अ अ+ अ-

काठमाडौं । नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यका साथ ‘म्युजिक नेपाल’ ले मुलुकमै पहिलोपटक डल्बी एट्मस (Dolby Atmos) द्वारा मान्यताप्राप्त पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ ।

चार दशकदेखि नेपाली संगीतमा एकछत्र राज गर्दै आएको यस कम्पनीले करिब १० करोड रुपैयाँको लगानीमा गौशालास्थित पिंगलास्थानमा यो अत्याधुनिक स्टुडियो निर्माण गरेको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथि, विरष्ठि कालाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य विशिष्ट अतिथि र म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा उपस्थितिमा शुक्रबार ‘म्युजिक नेपाल अडियो भिजुअल’ को औपचारिक शुभारम्भ गरियो ।

विशिष्ट अतिथि कालाकारद्वय श्रेष्ठ र आचार्यले पानसमा दीप प्रज्ज्वलन गरेर यो ‘डल्बी एट्मस’ स्टुडियोको औपचारिक शुभारम्भ गरिएको थियो ।

आज शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने यो स्टुडियो दक्षिण एसियामा भारतपछि डल्बीले विस्तार गरेको पहिलो ठूलो परियोजना हो ।

डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक हो । नेपालमा भने पहिलो डल्बी एटमस साउन्ड मिक्सिङ स्टुडियो हो ।

यस स्टुडियोको सबैभन्दा ठूलो विशेषता यसको ३२.१ डल्बी एट्मस कन्फिगरेसन हो । ३२.१ भन्नाले सिस्टममा प्रयोग भएको स्पिकर च्यानलको संख्या जनाउँछ अर्थात् ३२ वटा स्पिकर च्यानल + १ सबवुफर (LFE) च्यानल ।

साधारणतया ५.१ वा ७.१ साउन्ड सिस्टममा आवाज वरिपरिबाट मात्र आउँछ भने ३२.१ डल्बी एट्मस प्रविधिले दर्शकलाई आवाजको बीचमा भएको महसुस गराउँछ । यसमा ३२ वटा विभिन्न च्यानल र शक्तिशाली सब-वूफरमार्फत ध्वनिलाई ‘थ्री-डी’ प्रभाव दिइन्छ । यसले आवाजलाई छतमाथिबाट, अगाडि-पछाडि, दायाँ-बायाँ, वरिपरि घुम्न दिइन्छ । फिल्म हेर्दा वर्षा भएको, चरा उडेको वा हेलिकप्टर थुप्रै दिशाबाट आएको अनुभव वास्तविक जस्तै हुन्छ ।

यो स्टुडियो दक्षिण एसियामा भारतपछि डल्बीले विस्तार गरेको पहिलो ठूलो परियोजना हो । डल्बीबाट सर्टिफाइड यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा उत्कृष्ट स्टुडियोमध्ये एकमा पर्दछ । जसले हलिउड र बलिउडका ठूला फिल्मको जस्तै ‘इमर्सिभ’ अनुभव नेपाली दर्शकलाई दिनेछ ।

यो स्टुडियोको सेटअपका लागि बलिउडका दिग्गज साउन्ड इन्जिनियर दमन सुद, डल्बी भारतका निर्देशक समीर सेठ र वरिष्ठ इन्जिनियर भरत रेड्डी काठमाडौं आएका थिए । दमन सुद ती व्यक्तित्व हुन्, जसले यश चोपडा, करण जोहर र सञ्जयलीला भन्सालीका फिल्ममा जादुमयी ध्वनि भरेका छन् ।

सुदले भने, “यो स्टुडियो उपकरणको थुप्रो मात्र होइन, यो फ्युचरिस्टिक छ । अबको १० वर्षलाई लक्षित गरी बनाइएको यो स्टुडियोले नेपाली फिल्मलाई अस्कर र संगीतलाई ग्रामी अवार्डसम्म पुर्‍याउने क्षमता राख्छ ।”

हिमालका नाममा स्टुडियोका कक्षहरू

स्टुडियोलाई नेपाली मौलिकता दिनका लागि यसका विभिन्न कक्षहरूको नाम ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमाल र राष्ट्रिय चराको नामबाट राखिएको छ ।

सगरमाथा कक्ष: डल्बी एट्मस मिक्सिङ
मनास्लु कक्ष: बहुउद्देश्यीय कोठा
अन्नपूर्ण र ल्होत्से: एडिटिङ र मिक्सिङ स्विट
धौलागिरी: रेकर्डिङ र कन्ट्रोल रुम
डाँफे: डीआई (Digital Intermediary) रुम

फिल्मकर्मीलाई सुवर्ण अवसर: ५० प्रतिशतसम्म छुट

नेपाली फिल्मको कमजोर मानिने ‘साउन्ड’ पक्षलाई सुधार्न म्युजिक नेपालले फिल्मकर्मीलाई विशेष सहुलियतको समेत घोषणा गरेको छ । म्युजिक नेपालका प्रमुख सन्तोष शर्माका अनुसार, स्टुडियो बुकिङ गर्ने पहिलो ३ ग्राहकलाई ५० प्रतिशत छुट दिइनेछ । त्यस्तै, जनवरी ३१ सम्म सेवा लिने सबैलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

“नेपाली फिल्ममा जुन लेभलको ध्वनि प्रभाव हुनुपर्ने हो, त्यो नभएको महसुस गरेर हामीले यो जोखिम मोलेका हौं,” शर्माले भने, “डल्बीले प्रमाणित गरेपछि अब हलिउड र नेपालको ध्वनिको गुणस्तर बराबर हुनेछ ।”

डल्बीद्वारा मान्यताप्राप्त स्टुडियो भएकाले यहाँ अन्तर्राष्ट्रियस्तरमा ध्वनिको गुणस्तर पाइने उनले बताए । ‘डल्बीको लागि यहाँ र हलिउडको साउन्डको लेभल बराबर हुनुपर्छ’ उनले गुणस्तरबारे भने, ‘डल्बीले सर्टिफाइड गरिसक्यो, यो ठूलो उपलिब्ध हो ।’

स्टुडियोमा सम्पादन, डीआई, रेकर्डिङ स्टुडियो, प्रि-मिक्सका सबै कार्य हुने जनाइएको छ । ‘फिल्मका सबै पोस्ट-प्रोडक्सन कार्य यहाँ हुन्छ । सुटिङ गरेर आएपछिका सबै काम हुन्छ’ म्युजिक नेपालका प्रमुख शर्माले भने ।

उपकरण मात्र नभई दक्ष प्राविधिक तयार पार्न डल्बीका इन्जिनियर भरत रेड्डीले चलचित्र विकास बोर्डसँगको सहकार्यमा नेपालका २० जना साउन्ड इन्जिनियरहरूलाई विशेष तालिम समेत दिइसकेका छन् । यसले गर्दा आगामी दिनमा नेपाली फिल्मको पोस्ट-प्रोडक्सनका लागि विदेश धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।

भरत रेड्डीको नाम थ्री इडियट्स, सैयारा, पुष्पा, सितारे जमीन पर, थामा, धुरन्धर तथा आउन लागेको टक्सिकजस्ता चर्चित चलचित्रहरूसँग जोडिएको छ । उनी डल्बी सर्टिफाइड ट्रेनर हुन् ।