• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न गृहको तीनबुदे निर्देशन ★   नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी ★   संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल ★   मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित ★   ‘नवौं नम्बरमा ब्याटिङ गर्न आएका धोनीले जिम्मेवारी लिनुपर्छ’ ★   गोंगबुको होटलमा महिलाको शव फेला, एक जना पक्राउ ★   ‘टाइटानिक’ मा क्याप्टेनको भूमिका निर्वाह गरेका अभिनेता बर्नार्ड हिलको निधन ★   नेपालले हिमालका मुद्दामा समान स्वार्थ भएका मुलुकलाई संगठित गर्नुपर्छ: जलवायुविज्ञ ★   प्रेस तटस्थ, स्वतन्त्र र सबल हुदा लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुन्छ: राष्ट्रपति पौडेल ★   महिलाको लगानीमा सरफ उद्योग सञ्चालन

फिलिपिन्सको राष्ट्रपतिका उम्मेदवार गो द्वारा उम्मेदवारी फिर्ता



मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेका लामो समयदेखिका सल्लाहकार क्रिश्टोफर गोले राष्ट्रपतिका लागि दिएको उम्मेदवारी फिर्ता लिनु भएको छ । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्न लाग्नु भएका उहाँले प्रतिश्पर्धाबाट पछाडि हट्ने निर्णय गर्नु भएको हो ।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ४७ वषीय गोले आफ्नो प्रतिश्पर्धाको मैदानमा नरहेको जानकारी गराउनु भएको स्पष्ट पारेका छन् ।उहाँले अहिलेसम्म आफूलाई सहयोग, समर्थन र हौसला प्रदान गर्ने सवैप्रति आभार प्रकट गर्नु भएको समाचारमा जनाइएको छ ।

उहाँले सुरुमा उपराष्ट्रपति पदका लागि उम्मेदवार दिएपनि पार्टीको निर्णयका आधारमा पछि राष्ट्रपतिमा उम्मेदवारी दिनु भएको थियो । राष्ट्रपति डुटेर्टे नेतृत्वको पार्टीकै निर्णयका आधारमा उहाँले उम्मेदवारी फिर्ता लिनु भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले अब राष्ट्रपतिमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने बारेमा अहिलेसम्म स्पष्ट नपर्नु भएको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)