२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने News Polar पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत News Polar राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’ News Polar केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ News Polar नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट काँग्रेसलाई सशक्त बनाउनुपर्छ : सुरेन्द्रराज पाण्डे News Polar संविधान र व्यवस्था जोगाउन युवाहरू आन्दोलन र जेल जान तयार हुनुपर्छ : महेन्द्र यादव News Polar गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी News Polar कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने News Polar ७४ जिल्लामा स्क्रब टाइफस, नियन्त्रणका लागि सरकारको निगरानी तीव्र News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’

राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’
अ अ+ अ-
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष उदयशम्शेर राणाले आसन्न १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राणाले पार्टीलाई थप गतिशील बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सिंगो तरुण पंक्तिको प्रतिनिधित्व गर्दै महामन्त्री पदको दौडमा रहेको बताउनुभयो ।

राणाले आफ्नो विगतको कार्यक्षमता र अनुभवलाई उम्मेदवारीको मुख्य आधार बनाउनुभएको छ । तरुण दलको नेतृत्व गर्दा ललितपुरमा नेपाली काँग्रेसले हासिल गरेको चुनावी सफलतालाई स्मरण गर्दै उहाँले आफ्नो राजनीतिक छवि स्वच्छ र प्रभावकारी रहेको दाबी गर्नुभयो ।

पार्टीभित्र देखिएको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्दै सबै पक्षलाई मूलधारमा समेटेर अघि बढ्न आफू सक्षम रहेको उहाँको भनाइ छ । जिल्ला तथा प्रदेश तहका समर्थक र तरुण दलका साथीहरूलाई आफ्नो उम्मेदवारी सफल बनाउन सक्रियतापूर्वक लाग्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “म केवल उदयशम्शेरको रूपमा उठेको होइन, तरुण दलको पूर्वअध्यक्ष र युवाहरूको प्रतिनिधिको हैसियतले उम्मेदवारी दिएको हुँ । तरुण साथीहरूको साथ र सहयोग मेरो मुख्य शक्ति हो । मैले तरुण दलको अध्यक्ष हुँदा ललितपुरमा काँग्रेसलाई क्लिन स्विप गराएको इतिहास छ । त्यही अनुभव र आत्मविश्वासका साथ म महामन्त्रीको जिम्मेवारी सम्हाल्न तयार छु ।”

राणाले पार्टीभित्र युवाहरूको ऊर्जालाई संगठित गर्दै वैचारिक तथा सांगठनिक सुधार अघि बढाउन आफू सक्षम रहेको पनि बताउनुभयो।