२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने News Polar पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत News Polar राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’ News Polar केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ News Polar नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट काँग्रेसलाई सशक्त बनाउनुपर्छ : सुरेन्द्रराज पाण्डे News Polar संविधान र व्यवस्था जोगाउन युवाहरू आन्दोलन र जेल जान तयार हुनुपर्छ : महेन्द्र यादव News Polar गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी News Polar कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने News Polar ७४ जिल्लामा स्क्रब टाइफस, नियन्त्रणका लागि सरकारको निगरानी तीव्र News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी

गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले सभापति गगनकुमार थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको दाबी गर्नुभएको छ।

नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्सुरले भदौ २३–२४ पछि पार्टीभित्र र जनतामा देखिएको निराशा तथा आक्रोशलाई सम्बोधन गर्न कांग्रेस नयाँ नीति र नेतृत्वका साथ अघि बढेको बताउनुभयो।

उहाँले आफूले नै केन्द्रीय कार्यसमितिमा गगन थापालाई प्रधानमन्त्री र पार्टी सभापतिको ‘फेस’ बनाएर कांग्रेसलाई जनतामाझ लैजानुपर्ने प्रस्ताव राखेको स्मरण गर्नुभयो।

मन्सुरले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले सभापति थापालाई कांग्रेसको भरोसायोग्य नेता र पार्टीलाई भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गरेको दाबी गर्नुभयो। सभापति थापाले अघि सारेका एजेण्डालाई कार्यान्वयन गर्दै कांग्रेसले खोजेको रूपान्तरणलाई संस्थागत गर्न आफ्नो भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ।

‘भदौ २३–२४ पछि जनताको बीचमा र नेपाली कांग्रेसको बीचमा निराशा र आक्रोशको अवस्था थियो। त्यो बेला नेपाली कांग्रेसले नयाँ नीति र नयाँ नेता लिएर जनताको बीचमा जानुपर्छ र गगन थापालाई प्रधानमन्त्री र सभापतिको फेस बनाएर जानुपर्छ भनेर मैले केन्द्रीय कार्यसमितिमा कुरा राखेको थिएँ,’ मन्सुरले भन्नुभयो।

उहाँले देशभरका कांग्रेस कार्यकर्ताको मनमा समेत त्यही भावना रहेको र त्यसले व्यापक रूप लिएर विशेष महाधिवेशनमार्फत कांग्रेस रूपान्तरित भएको दाबी गर्नुभयो। ‘विशेष महाधिवेशनबाट कांग्रेस रूपान्तरित भयो, कांग्रेसमा नयाँ विचारको स्थापना भयो। त्यसको अभियन्ताका रूपमा पनि म यहाँ तपाईंहरूको बीचमा उपस्थित भएको छु,’ उहाँले भन्नुभयो।

मन्सुरले आफू कांग्रेसप्रति इमान्दारीपूर्वक समर्पित भएर राजनीतिमा सक्रिय रहेको बताउँदै १५औँ महाधिवेशनबाट ल्याइएका कार्यक्रम तथा नीतिलाई कार्यान्वयन गर्न आफ्नो महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

पार्टीले अघि सारेका नीति तथा कार्यक्रम कार्यान्वयनमा योगदान गर्ने उद्देश्यले आफूले १५औँ महाधिवेशनमा उपसभापति पदका लागि समावेशी समूहबाट उम्मेदवारी दिएको पनि उहाँले स्पष्ट पार्नुभयो।