२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने News Polar ७४ जिल्लामा स्क्रब टाइफस, नियन्त्रणका लागि सरकारको निगरानी तीव्र News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम
अ अ+ अ-
काठमाडाैँ । भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
गैरसरकारी संस्था स्टार्ट फन्ड एन–नेपालको सहयोगमा एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रम मार्फत त्यहाँका बाढी प्रभावित ६० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको ग्रामीणमुखी युवा अभियान (रोयम) नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो ।
बाढीबाट प्रभावित र विशेष जोखिममा रहेका एकल महिलासहितका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
“पहिलो चरणमा प्रभावितलाई राहत स्वरुप जाडोयामका लागि आवश्यक सामग्री, खानेपानी र सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको छ”, कार्यकारी निर्देशक न्यौपानेले भन्नुभयो, “आगामी हप्ता सोही गाउँपालिका–१ र ५ मा समेत  आधारमा राहत सामग्री वितरण गरिनेछ ।”
युएन वुमनको आर्थिक सहयोग तथा रोयम नेपालको सहजीकरणमा रसुवा र नुवाकोटको विदुर गरी तीन स्थानमा एक महिनादेखि सामुदायिक भान्सा सञ्चालन भइरहेको छ ।
सामुदायिक भान्सामार्फत बाढी प्रभावित तथा विस्थापित परिवारलाई बिहान चिया–नास्ता, दिउँसो खाना र खाजा तथा साँझको खाना नियमित उपलब्ध गराउँदै आएको गैरसरकारी संस्था रोयम नेपालका प्रशासन तथा वित्त सहायक गोमा विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा कार्यालयसँगको समन्वयमा सञ्चालन भइरहेको सामुदायिक भान्सामा विपद्बाट प्रभावित परिवारलाई रोजगारी तथा कामको अवसर समेत प्रदान गरिएको छ ।
रोयम नेपालले बाढी प्रभावित परिवारको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले कम्तीमा ३०० घरपरिवारलाई आर्थिक सहयोग गर्ने योजना बनाएको छ । उहाँका अनुसार जाडोयामलाई लक्षित गरी एक हजार घरपरिवारलाई सिरक, ब्लाङ्केट, थर्मकोटलगायत न्यानो कपडा तथा तातोपानीका लागि थर्मस र झोला वितरण गर्ने तयारी भइरहेको छ । “प्रभावित परिवारलाई जीविकोपार्जनका लागि आर्थिक सहयोग समेत प्रदान गरिनेछ”, उहाँले भन्नुभयो ।
राहत, रोजगारी तथा जीविकोपार्जन सहयोगबाट विपद्बाट प्रभावित परिवारले कठिन परिस्थितिमा तत्काल आयआर्जनको अवसर प्राप्त गरी दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।
त्यस्तै बाढीका कारण नुवाकोटको विदुर नगरपालिका र रसुवाको उत्तरगया गाउँपालिकामा क्षति पुगेका खानेपानीका पाइपलाइन मर्मतको काम समेत संस्थाले अघि बढाएको रोयम नेपालका व्यवस्थापन संयोजक अनुप खनालले बताउनुभयो ।
उत्तरगया गाउँपालिका–२ डाँडागाउँका वडाध्यक्ष टुकु सुवेदीले विपद्का समयमा उपलब्ध गराइएको राहत तथा सहयोगले प्रभावित समुदायको दैनिक जीवनयापनमा महत्त्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।
उहाँले प्रभावित समुदायको आवश्यकता र अवस्थाका आधारमा आगामी दिनमा पनि सहयोग तथा सहजीकरणलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
रेन (रेजिलियन्स, एडप्टेसन एन्ड इन्क्लुजन इन नेपाल) कार्यक्रमअन्तर्गत युके इन्टरनेसनल डेभलपमेन्ट (एफसीडीओ) मार्फत स्टार्ट फन्ड एन–नेपालको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।
गैरसरकारी संस्था आसमान नेपालको नेतृत्वमा रोयम नेपाल, एलएसीसीओएस र वेल्थहङ्गरहिल्फे (डब्ल्युएचएच)को सहकार्य तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)को निर्देशनमा कार्यक्रम कार्यान्वयन भइरहेको छ ।
ती संस्थाले बाढी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइ, स्वास्थ्य, शिक्षा, बाल संरक्षण, मनोसामाजिक सहयोग, पोषण तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेका छन् ।