२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार
अ अ+ अ-

जनकपुरधाम। मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ ।

हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम कक्षा सञ्चालन गर्दै आएको पर्साको वीरगन्जस्थित मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्रबाट स्नातकोत्तर तहको एमबिए तथा स्नातक तहको एलएलबी र बिबीएको पठनपाठन सुरु गरेको हो ।

मधेस विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार विश्वविद्यालयले चालु शैक्षिकसत्र २०८३ बाट थपिएको तीनवटै सङ्कायको पठनपाठन गरेको छ ।

“एलएलबीको कक्षा सञ्चालन गरिसकेका छौँ र बिबीएको कक्षा पनि सञ्चालनको तयारी अन्तिम चरणमा छ”, रजिष्ट्रार यादवले भन्नुभयो, “अहिले एमपीए दोस्रो ब्याचको भर्नासमेत खोलेका छौँ, छिट्टै भर्ना प्रक्रिया सकिए कक्षा सञ्चालन गर्छाैँ ।” विश्वविद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रममा विद्यार्थीको आकर्षण बढ्दै गएपछि थप शैक्षिक कार्यक्रम विस्तार गर्न हौसिएको उहाँको भनाइ छ ।

गत २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन, २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले पहिलो एक वर्षमै दुईवटा सङ्कायको पठनपाठन सुरु गरेको थियो । विश्वविद्यालयले वीरगन्जस्थित नेशनल ट्रेडिङको भवन लिजमा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।

अनुसन्धान र प्रशिक्षणको माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन सकिने मान्यताअनुरुप मधेस विश्वविद्यालयलाई मधेस प्रदेशमै पहिलो मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्रको स्थापना गर्ने लक्ष्य रहेको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपकबहादुर शाक्यले बताउनुभयो ।

“हामीले सञ्चालन गरेको कक्षाहरूमा विद्यार्थीको आकर्षण देखेर उत्साहित भएका छौँ”, उपकुलपति प्रा डा शाक्यले भन्नुभयो, “त्यसैले निकट भविष्यमै मेडिकल, ल्याब टेक्निसियन, फिजियोथेरापीलगायतका चिकित्सा र स्वास्थ्यसम्बन्धी कक्षा पनि चलाउने लक्ष्य राखेका छौँ ।” तत्कालका लागि वीरगन्जको नारायणी अस्पताल र पोखरियास्थित पोखरिया अस्पतालाई आधार बनाएर एमबीबिएस कक्षा सञ्चालन गर्ने योजना बनाएर प्राविधिक टोलीबाट सम्भाव्यता अध्ययन गरिने तयारी भएको उहाँको भनाइ छ ।

मधेस विश्वविद्यालयको उच्च शिक्षालाई अनुसन्धामूलक बनाउने दृष्टिले एमफिल पिएचडीसँगै फार्मेसी र विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्ने लक्ष्य रहेको उपकुलपति प्रा डा शाक्यले बताउनुभयो ।

मधेस प्रदेशका ग्रामीण क्षेत्रका जनतालाई उच्च शिक्षामा समाहित गराउन शिक्षालाई शिक्षालाई श्रम, श्रमलाई सीपसँग र सीपलाई समृद्धिसँग जोड्ने उद्देउश्यका साथ दक्ष जनशक्ति उत्पादन गर्नका लागि मधेस प्रदेशमै पहिलो ‘मधेस स्किल स्कुल’ स्थापना गर्ने पनि मधेस विश्वविद्यालयको प्रमुख उद्देश्य रहेको उहाँको कथन छ । रासस