१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल

सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना

सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना
अ अ+ अ-

एथेन्स: यो वर्ष अर्थात् सन् २०२५ हामीबाट चाँडै बिदा हुँदैछ । यस वर्ष पनि २०औँ शताब्दीको अन्त्यतिरबाट विश्व व्यवस्थालाई धानेर राखेका केही बाँकी स्तम्भहरू एकपछि अर्को गर्दै ढले, जसले “विश्व व्यवस्था” भनेर चिनिने संरचनाको खोक्रोपन उजागर गर्‍यो । यसका लागि तीनवटा झट्का नै पर्याप्त भए ।

पहिलो झट्का: युक्रेनमा रूसको आसन्न विजय

पहिलो झट्का युक्रेन युद्धमा युरोपको सामूहिक प्रयासमाथि रूसको आसन्न विजय हो । झन्डै चार वर्ष युरोपेली संघ र नाटोले अत्यन्त जोखिमपूर्ण दोहोरो खेल खेलेका थिए, र अब त्यसको अवसान हुने स्थिति देखिएको छ ।

एकातर्फ, उनीहरूले युक्रेनको विजय हुन्छ भन्दै ओठे प्रतिबद्धता जनाइरहे, तर त्यस विजयलाई आर्थिक रूपमा सम्भव तुल्याउन जरूरी लगानी गर्न भने अनिच्छुक देखिए । अर्कोतर्फ, उनीहरूले कहिल्यै नसकिने यो युद्धलाई युरोपभित्र नयाँ राजनीतिक र आर्थिक सहमति अघि बढाउन प्रयोग गरे—सैन्य केन्सियनवादलाई औद्योगिक पतनविरुद्ध अन्तिम उपायका रूपमा प्रस्तुत गर्दै ।

जहाँ ठूलो घाटा–आधारित हरित लगानी वा सामाजिक नीतिहरू राजनीतिक रूपमा असम्भव थिए, त्यहाँ युक्रेन युद्धले सार्वजनिक ऋणलाई रक्षा–उद्योगतर्फ मोड्ने बलियो औचित्य प्रदान गर्‍यो । सत्य के थियो भने— युद्ध लम्बिनु नै युरोपको जड अर्थतन्त्र चलायमान बनाउन केन्सियन पम्प–प्राइमिङको उत्तम उपाय थियो ।

तर यो विरोधाभास युरोपका लागि घातक साबित भयो । यदि युक्रेन युद्ध शान्ति सम्झौतासहित समाप्त भयो भने यस्तो आर्थिक उपाय टिकाइराख्न गाह्रो हुने थियो । तर खर्च र भू–राजनीतिक जोखिमका कारण निर्णायक विजय हासिल गर्न युरोपका अघिल्तिर फलामको चिउरा चपाए सरह थियो । फलस्वरूप, युरोपले सबैभन्दा खराब रणनीति रोज्यो— युक्रेन युद्ध लम्ब्याउने जति मात्र सैन्य उपकरण र आर्थिक सहयोग, तर परिणाम बदल्ने जति होइन ।

अब रूसको विजय निश्चित देखिँदा (जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मात्र छिटो बनाइदिए), युरोपका सबै योजना अलपत्र परेका छन् । युद्धको निरन्तरतामै निर्भर रणनीतिका कारण युरोपसँग शान्तिका लागि कुनै “प्लान बी” छैन किनभने उनीहरूको मुख्य ध्येय नै युद्ध लम्ब्याउने तर्फ मात्र केन्द्रित थियो । क्रेमलिन र ट्रम्पका दूतहरूले युक्रेनमाथि जस्तोसुकै अप्रिय शान्ति सम्झौता थोपरे पनि, त्यसले केवल सिमाना मात्र फेरिने छैन—युरोपको नव–सैन्य–औद्योगिक उछाल ल्याउने बहाना समाप्त हुनेछ र नयाँ कठोर मितव्ययिताको संकेत गर्नेछ ।

दोस्रो झट्का: चीनले अमेरिका विरुद्ध व्यापार युद्ध जित्नु

दोस्रो झट्का चीनले अमेरिका विरुद्धको व्यापार युद्ध जित्नु हो । ट्रम्पको पहिलो कार्यकालदेखि सुरु भई जो बाइडेन प्रशासनमा तीव्र बनाइएको अमेरिकी रणनीति दुईतर्फी थियो—चिनियाँ बजार पहुँचलाई भन्सार शुल्क बढाएर थिच्नु र उन्नत सेमिकन्डक्टर तथा निर्माण उपकरणमाथि प्रतिबन्ध लगाएर चीनको प्रविधि उभार रोक्नु । २०२५ मा यो रणनीति पूर्ण रूपमा असफल भयो, र फेरि पनि युरोप मुख्य रूपमा क्षति व्यहोर्न बाध्य भयो ।

चीनले दुई चरणको कुशल जवाफ दियो । पहिलो, दुर्लभ धातु र महत्वपूर्ण खनिजमाथिको आफ्नो प्रभुत्वलाई हतियार बनाउँदै आपूर्ति शृङ्खला अवरुद्ध गर्‍यो, जसले अमेरिकीभन्दा बढी युरोपेली र पूर्वी एसियाली हरित उद्योगलाई क्षति गर्‍यो ।

दोस्रो, अझ गहिरो प्रभाव पार्दै, चीनले “सम्पूर्ण राष्ट्र प्रणाली”लाई प्रविधिक आत्मनिर्भरता तर्फ केन्द्रित गर्‍यो । यसको परिणामस्वरूप, घरेलु चिप्स उत्पादनमा अभूतपूर्व तीव्रता आयो । SMIC र Huawei ले हासिल गरेका प्रगतिले अमेरिकी नेतृत्वमा लगाइएको पश्चिमी प्रतिबन्धलाई केवल अप्रासंगिक मात्र होइन, उल्टै हानिकारक बनाइदियो ।

यो झट्काका दीर्घकालीन प्रभाव सबैभन्दा गहिरा हुने सम्भावना छ । २०२५ मा अमेरिका चीनको उभार रोक्न असफल मात्र भएन, अनजानमै उसलाई पूर्ण प्रविधि आत्मनिर्भरतातर्फ धकेल्यो । ह्वाइट हाउसको दबाबमा चीनमाथि प्रतिबन्ध लगाएको युरोप भने सबैभन्दा खराब अवस्थामा पर्‍यो—चिनियाँ बजारबाट क्रमश: बाहिरिनु पर्‍यो, तर अमेरिकी इन्फ्लेसन रिडक्सन एक्टअन्तर्गतका अनुदान र उद्योग पुन:स्थापनाका फाइदा भने पाएन।

अमेरिकाको रणनीतिक उपठेकेदार बन्ने निर्णयले युरोपले आफ्नै औद्योगिक पतन तीव्र बनायो। यो व्यापार युद्धको हार मात्र थिएन—यो भू–राजनीतिक अन्यौलमा जकडिएको थियो, जहाँ युरोप केवल हार्ने पक्षमात्र बन्यो।

तेस्रो झट्का: ट्रम्पले युरोपेली संघसँगको भन्सार युद्ध सजिलै जित्नु

तेस्रो झट्का ट्रम्पले युरोपेली संघसँगको भन्सार युद्ध सजिलै जित्नु थियो । स्कटल्याण्डस्थित ट्रम्पको गल्फ क्लबमा भएको भेटपछि, उनको टोलीले अधिकतम अपमान हुने गरी आयोजना गरेको उक्त भेटमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लायेनले आत्मसमर्पण दस्तावेजलाई “ऐतिहासिक सम्झौता” भनेर चित्रण गर्न संघर्ष गर्नुपर्‍यो ।

युरोपेली निर्यातमा अमेरिकी भन्सार शुल्क १.२ प्रतिशतबाट बढेर १५ प्रतिशत, कतिपय अवस्थामा २५ र ५० प्रतिशतसम्म पुगे । यता, अमेरिकी निर्यातमाथिका दीर्घकालीन युरोपेली शुल्कहरू हटाइए । सबैभन्दा गम्भीर कुरा, आयोगले अमेरिकी भूमिमै उद्योग स्थापना गर्न ६०० अर्ब अमेरिकी डलर बराबरको युरोपेली लगानी प्रतिबद्ध गर्‍यो—जसको अर्थ जर्मनीका रासायनिक उद्योग टेक्सास र कारखाना ओहायोतर्फ सारिनु हो ।

यो खराब सम्झौता मात्र थिएनः यो अभूतपूर्व पूँजी निकासी सन्धि थियो । यसले युरोपलाई औद्योगिक प्रतिस्पर्धीबाट आश्रित साझेदारमा रूपान्तरण गर्‍यो । अब युरोप अमेरिकी उद्योगका लागि पूँजी स्रोत, अमेरिकी वस्तुका लागि नियन्त्रित बजार र प्रविधिमा आश्रित कनिष्ठ साझेदार बन्नेछ ।

सबै २७ युरोपेली सदस्य राष्ट्रले यस बाध्यकारी प्रतिबद्धतालाई स्वीकृति दिएपछि युरोपेली सार्वभौमिकताको अन्तिम भ्रम पनि समाप्त भएको छ। ट्रम्पको वासिङ्टन–बेइजिङ अक्षमा आधारित जी२ विश्वदृष्टि सुदृढ गर्न आवश्यक पूँजी अब सम्झौताअनुसार युरोपबाट पश्चिमतर्फ बग्नेछ ।

निष्कर्ष

यी तीन झट्काले आपसलाई कसिलोसँग जकड्याउने छ । युक्रेनमा युरोपको हारले यसको रणनीतिक अन्धोपन उजागर गरेको छ भने सैनिक क्षमता बिस्तार गरेर अर्थतन्त्र चलायमान बनाउने लक्ष असफल भयो । चिनिया राष्ट्रपति सी चिनफिङ प्रति ट्रम्पको नरम व्यवहारले उल्टै युरोपतर्फ चिनियाँ निर्यातको बाढी ल्यायो । स्कटल्याण्ड “सम्झौताले” युरोपको पूँजी र बराबरीको अन्तिम आशा दुवै ओइलायो ।

दुई महाशक्ति राष्ट्को प्रभुत्व (जी२) मा परेको विश्वमा कल्पनातीत “वैश्विक गाउँ” अब ग्लेडियेटरको रंगशाला झैं बनेको छ, जहाँ युरोपेली युनियन र बेलायत दिशाहीन भौंतारिरहेका छन् । युरोपेली महत्वाकाङ्क्षाको चिहानमाथि नयाँ, कठोर र चिसो विश्व व्यवस्था उभिएको छ ।

यस वर्षको शिक्षा स्पष्ट छ— अस्तित्वको लडाइँको यस युगमा रणनीतिक निर्भरता अप्रासंगिकताकै पूर्वसूचना हो ।

—

यानिस भारुफाकिस ग्रीसका पूर्व अर्थमन्त्री, पार्टीका नेता तथा एथेन्स विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुनुहुन्छ ।
(स्रोतः प्रोजेक्ट सिन्डिकेट)