३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

जाडो याममा भुलेर पनि नगर्नुहोस् यस्ता ८ काम, बिरामी परिएला

जाडो याममा भुलेर पनि नगर्नुहोस् यस्ता ८ काम, बिरामी परिएला
अ+ अ-

 एजेन्सी । चिकित्सकहरूका अनुसार जाडो शुरु भएसँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । जाडो याममा छाला सम्बन्धी समस्या, स्वास प्रस्वास, हाड जोनी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् । यसबाट जोगिन हामीले हाम्रो वानी, व्यवहार, खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडो याममा हुने स्वास्थ्य सम्बन्धी समस्याबाट जोगिन यी ८ काम नगर्नुहोस्

चियाकफी धेरै पिउने

जाडोमा ज्यान तताउला भन्ने सोचेले पटकपटक तातो चियाकफी पिउने गरिन्छ । तर, यसले उल्टो बेफाइदा गर्छ । चियाकफी बढी पिएमा शरीरमा क्याफिन र सुगरको मात्रा बढ्न पुग्छ । जसले गर्दा डिहाइड्रेट हुने, रगतमा चिनीको मात्रा बढ्ने, निद्रा नलाग्ने आदि हन्छ । चियाकफीको सट्टा जाडोमा तातो दूध, ग्रिन टी अथवा तातो पानी खाने बानी बसाल्नु उपयुक्त हुन्छ ।

पानी कम पिउने

जाडोमा चिसोले गर्दा पसिना आउँदैन । र तिर्खा पनि खासै लाग्दैन । नेपालीको बानी नै छ तिर्खा नलागी पानी नपिउने । तर स्वस्थ रहनका लागि जाडोमा तिर्खा लागेन भन्दैमा पानी नखाने अथवा असाध्यै कम पिउने गर्नु हुँदैन । जाडोमा छाला फुस्रो हुने, कब्जियत बढ्ने, ओठ फुट्ने आदि समस्या देखिन्छ । समयसमयमा पानी खानाले यस्तो समस्या कम हुन्छ ।

घाम बढी ताप्ने

जाडोमा घाम स्वाभाविक रूपमा प्यारो हुन्छ । तर, धेरै बेर घाम ताप्नु हुँदैन । आधा अथवा पौने घन्टाभन्दा बढी घाम ताप्नु हुँदैन । लामो समय घाम तापेमा छाला डढ्ने, अनुहारमा चाया आउने लगायत समस्या देखापर्छ ।

सनब्लक लोसन नलगाउने

जाडोमा घाम चर्किएको महसुस नहुने भएकाले धेरैले जाडो याममा घाममा निस्किँदा सनब्लक लोसन लगाउँदैनन् । तर, छालालाई हानि गर्ने विकिरण जाडोमा पनि निस्किरहेको हुन्छ । त्यही भएर जाडोमा पनि सनब्लक लोसन लगाउन बिर्सिनु हुँदैन । घाम ताप्दा पनि अनुहार र हातमा सनब्लक दल्नुपर्छ ।

बढी सुत्ने

जाडोमा सिरकबाट निस्किन मन लाग्दैन । त्यही भएर जाडोमा ढिलो उठिन्छ । छुट्टिको दिन सिरक ओडेर सुतेर बिताइन्छ । तर, यस्तो गर्नु हुँदैन । वर्षै भरि सुत्ने र उठ्ने समय एउटै बनाउन सके स्वास्थ्यलाई फाइदा हुन्छ । सुत्ने र उठ्ने समय भंग भएमा दीर्घकालमा अनिद्रालगायत समस्या उत्पन्न हुने जोखिम हुन्छ ।

मास्क नलगाई निस्कने

जाडो याममा खास गरी बिहानबेलुका कतै निस्किनुप¥यो भने मास्क लगाउन बिर्सिनु हुँदैन । किनकि, जाडोमा बिहान र बेलुका वायुमण्डलको तल्लो तहमा ब्याक्टेरिया, भाइरसलगायत जीवाणु बढी क्रियाशील हुन्छन् । अझ अहिले कोरोना महामारी समेत छ ।  साथै, धुलोका कण पनि यो समय वायुमण्डलको तल्लो तहमा जम्मा भएका हुन्छन् । यस्तोमा मास्क नलगाइ निस्किएमा श्वासप्रश्वास, छाला आदि सम्बन्धी रोग लाग्ने जोखिम बढ्छ ।

न्यानो कपडा नलगाउने

जाडो याममा फेसनेबल र शरीर नछोपिने खालका कपडाभन्दा गम्म परेका लुगा लगाउनु उपयुक्त हुन्छ । जाडोमा हेलचेक्राइ गरे रुघाखोकी, ज्वरो, निमोनिया आदि हुने र नशामा रगत जम्नेजस्ता समस्या उत्पन्न हुन सक्छ ।

धेरै बेरसम्म तातो पानीले नुहाउने

जाडोमा बाध्यता नै हुन्छ तातो पानीले नुहाउने । तर, तातो पानीले नुहाउँदा फाइदा भन्दा बेफाइदा बढी हुन सक्छ । बढी तातो पानीले धेरै बेरसम्म नुहाउँदा छालामा रहेको प्राकृतिक म्वाइस्चराइजर कम हुन गई छाला फुस्रो बन्छ ।