एजेन्सी । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बंगलादेशमा एक हप्ताका लागि लकडाउन घोषणा गरिएको छ ।
सरकारले कोरोना नियन्त्रणका लागि भन्दै देश्व्यापी लकडाउन गर्न सबै तयारी गरिसकेको बताइएको छ ।
बंगलादेशमा हालसम्म संक्रमितको संख्या ६ लाख ३० हजार २७७ पुगेको छ भने यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २१३ पुगेको छ । यसअघि सन् २०२० मा बंगलादेशमा ३ महिना लकडाउन गरिएको थियो।