२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः साबिक विजेता गुजरात र मुम्बई इन्डियन्स भिड्दै



अ+ अ-

काठमाडौँ । ईन्डियन प्रिमियर लिग(आईपीएल) मा आज मंगलबार साबिक विजेता गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्दैछन् ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ ।

यस सिजनमा गुजरात र मुम्बई दुवैले ६ खेल खेलिसकेका छन् । ६ खेलमा गुजरातले ४ खेल जित्दा २ खेल हारेको छ भने मुम्बईले ३ खेल जित्दा ३ खेलमा हार बेहोरेको छ । अंकतालिकामा गुजरात चार स्थानमा छ भने मुम्बई सातौ स्थानमा छ ।

अन्तिम खेलमा गुजरातले लखनऊ सुपर जाइन्ट्सलाई ७ रनले पराजित गरेको थियो। कम स्कोरको खेलमा गुजरातका ऋद्धिमान साह र हार्दिक पाण्डेयको उत्कृष्ट खेलमा पहिले ब्याटिङ गर्दै १३५–६ रन बनाएको थियो । पछि, दोस्रो इनिङ्समा गुजरातले लखनऊलाई डेथ ओभरमा १२८–७ मा सीमित गर्यो।

मुम्बईको कुरा गर्दा रोहित शर्माको नेतृत्वमा रहेको टोली आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्ससँग ७ रनले पराजित भएको थियो । २१४–८ को हाई स्कोरिङ भिडन्तमा, पञ्जाबका साम कुरानले ५५ र हरप्रीत सिंहले ४१ रन बनाएको थिए। दोस्रो इनिङ्समा मुम्बईका क्यामरन ग्रीन ६७ र सूर्यकुमार यादव ५७ रनको उत्कृष्ट खेलको बावजुद पनि अन्तिम बलसम्म मुम्बई २०१–६ मा सिमित रहन पुग्यो।

आईपीएलमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्सले गत सिजनमा १ खेल मात्र खेलेका छन् । उक्त खेलमा मुम्बई इन्डियन्सले गुजरातलाई ५ रनले पराजित गरेको थियो ।