१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीका शिवालयमा भक्तजनको घुइँचो



अ+ अ-

काठमाडाैँ । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज बिहानदेखि पूजाआजा तथा दर्शनको लागि आउने भक्तजनको घुइँचो लागेको छ ।

भगवान् शिवको पूजाआराधना तथा जल अर्पण गर्न भक्तजनहरुकोे बिहानदेखि यहाँका शिवालयमा बाक्लो उपस्थिति देखिएको हो । साउन भगवान् शिवको महिना मानिने भएकाले सोमबार विशेषगरी शिवालयमा पूजा तथा दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गर्छ । बिहानदेखि भक्तजनको आवगमन बढेसँगै बजार क्षेत्रमा चहलपहल बढेको छ ।

कैलालीको गोदावरी धाम, धनगढीको बेहडाबाबा मन्दिर, शिवपुरी धाम र धनगढीकै विभिन्न शिवालयमा भक्तजनको घुइँचो छ । साउन अन्तिम सोमबार भएकाले अन्य सोमबारको तुलनामा आज यहाँका शिवालयहरुमा भक्तजनको उल्लेखनीय उपस्थित बढेको धनगढीस्थित शिवपुरी धाममा पुरोहित हरिनारायण भट्टले जानकारी दिनुभयो ।

पूजाका सामग्री, फूलमाला, बेलपत्र तथा फलफूलको व्यापार बढेको छ । धार्मिक आस्थासँगै साउनको सोमवारलाई पारिवारिक सुख, शान्ति र मनोकामना पूरा हुने विश्वाससँग जोडेर हेर्ने गरिन्छ ।  रासस