११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल

संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह

संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य भएको जनाउनु भएको छ ।

आईतबार साँझ सामाजिक संञ्जालमा एक सन्देश राख्दै प्रधानमन्त्री शाहले यस्तो जनाउनु भएको हो ।

उहाँले भन्नुभएको छ -यस्तो विपद्‌को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने वा कालोबजारीमा संलग्न हुनेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको छ। पीडितलाई थप पीडा दिने कार्य कसैबाट पनि हुनु हुँदैन। संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य छ। हामी धैर्य, संयम र एकताका साथ यो विपद्‌को पनि सामना गर्नेछौँ।

प्रधानमन्त्री शाहले लेख्नु भएको छ-

आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु,

आज बिहानदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले भोलि असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति वर्षा र हावाहुरी आउन सक्ने पूर्वानुमानमा गरेको छ । पूर्व सावधानी अपनाउनु र सतर्कताका साथ कार्य गर्नु नै विपद् व्यवस्थापनको मुख्य आधार हो । यसै सन्दर्भमा नेपाल सरकारका सबै मन्त्रालय तथा मातहतका निकायहरुले पछिल्लो २४ घण्टामा विभिन्न निर्देशन, सार्वजनिक सूचना, नागरिक अपिल तथा प्रेस विज्ञप्तिहरु जारी गरी पूर्वतयारीलाई तीव्र बनाइएको छ :

– ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठक बसी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ । तीनवटै सुरक्षा निकायले नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउँदै विपद् प्रतिकार्यका लागि पूर्ण तयारी गरिएको छ ।
– रातिमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दुरीको यात्रा नगर्न तथा सुरक्षित स्थानमा रहन सबैमा आग्रह गर्दछु ।
– राजमार्गका प्रत्येक सुरक्षा जाँच चौकी (चेकप्वाइन्ट) ले अघिल्लो चेकप्वाइन्टसँग सम्पर्क गरी सडकखण्ड सुरक्षित रहेको पूर्ण सुनिश्चितता भएपछि मात्र सवारी साधन अघि बढाउने “रोक, पर्ख र हेर” (Stop, Hold and Go) नीति लागु गरिएको छ । जोखिमयुक्त सडकखण्डमा राति सवारी सञ्चालन नगर्न पनि निर्देशन दिइएको छ ।
– सम्भावित बाढी, पहिरो तथा नदी कटानलाई ध्यानमा राखी एक्स्काभेटर, लोडर, डोजरलगायत भारी उपकरण(Heavy Equipment) को पूर्वव्यवस्था गरी जोखिमयुक्त सडकखण्ड नजिक परिचालन गर्ने गरि तयारी राखिएको छ । सबै सडक डिभिजन कार्यालयलाई २४ सै घण्टा सक्रिय रहन तथा सडकको अवस्था (खुला/अवरुद्ध) सम्बन्धी अद्यावधिक सूचना नियमित सार्वजनिक गर्न निर्देशन दिइएको छ।
– हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा (ट्रेकिङ) र पर्वतारोहणमा रहनुभएका आन्तरिक तथा विदेशी पर्यटकलाई आवश्यक परेमा सुरक्षित स्थानमा सार्न सम्बन्धित व्यवसायीलाई समन्वय गर्न तथा होटल व्यवसायी र स्थानीय बासिन्दालाई सुरक्षित बासस्थान र सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ । मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ ।
– सबै ७५३ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसी आवश्यक पूर्व तयारी गर्न, जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न साथै सबै प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन भनिएको छ । सार्वजनिक बिदाको अवधिमा पनि राष्ट्रसेवक कर्मचारीलाई आफू सुरक्षित रहँदै सम्भावित विपद् प्रतिकार्यमा तत्पर रहन निर्देशन दिइएको छ ।
– सबै विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरि स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार असोज ९ गते विद्यालयको पठन पाठन सञ्चालन नगर्न तथा यस अवधिमा तोकिएका परीक्षा सम्बन्धित विश्वविधालय र परिक्षा सञ्चालन गर्ने निकायले आवश्यकता अनुसार स्थगित गर्न निर्देशन दिइएको छ ।
– अभिभावकहरुलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन विशेष अनुरोध गर्दछु ।
– सबै अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई आवश्यक जनशक्ति र औषधी-सामाग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ । स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र (HEOC) लाई क्रियाशिल अवस्थामा राखिएको छ।
– खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सबै गोदाममा आवश्यक मौज्दात कायम गर्न निर्देशन गरिएको छ । राजमार्ग अवरुद्ध भएमा वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानी गरिनेछ । मौसमको अवस्था देखाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी वा अनुचित मूल्यवृद्धि गर्ने माथि कडा कारबाही गर्न बजार अनुगमन गर्न निर्देशन गरिएको छ।
– नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा देशभर नागरिकलाई SMS ALERT पठाइएको छ । स्थानीय सञ्चार माध्यममार्फत मौसमसम्बन्धी नियमित अपडेट तथा सावधानीका उपाय निरन्तर प्रसारण गर्न सञ्चार तथा सूचना मन्त्रालयमार्फत निर्देशन दिइएको छ । दूरसञ्चार सेवा अवरुद्ध भएमा तत्काल सुचारु गर्न आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनालाई आधार मानी सचेत रहन आग्रह गर्दछु । कुनै पनि आपत्कालीन अवस्थामा हेलो सरकार ११११ वा ९८५११४५०४५, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र १२३४, स्वास्थ्य हेल्पलाइन १११५, नजिकको जिल्ला प्रशासन कार्यालय वा सुरक्षा निकायमा सम्पर्क गर्नुहोला । मौसम पूर्वानुमानका लागि ११५५ मा डायल गरि प्राप्त गर्न सकिन्छ ।

सावधान रहौं, सुरक्षित रहौं ।