२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखाको यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव नौ महिनापछि भेटियो



अ+ अ-

काठमाडाैँ । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच आरोहीको शव करिब नौ महिनापछि फेला परेको छ।

गौरीशंकर गाउँपालिका–९ स्थित यलुङ–री हिमालमा गत वर्ष कात्तिक १७ गते हिमपहिरोमा परेर बेपत्ता भएका आरोहीहरूको शव खोजीका क्रममा शुक्रबार भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। प्रतिकूल मौसमका कारण तत्काल शवलाई सुरक्षित स्थानमा ल्याउन नसकिए पनि सोमबार हिमालबाट तल झारिएको हो।

जिल्ला प्रहरी कार्यालय दोलखाका  अनुसार फेला परेका पाँच शवमध्ये दुई जना नेपाली नागरिकका हुन्। उनीहरू गौरीशंकर गाउँपालिकाका पदम तामाङ र सोलुखुम्बुका मेरे कार्की रहेको प्रहरीले जनाएको छ।

अन्य तीन शव विदेशी नागरिकका हुन्। तीमध्ये एक जना क्यानडेली, एक जना इटालियन र एक जना जर्मन नागरिक रहेको प्रहरीले जनाएको छ। दुई शवमध्ये केहीलाई सोमबार नै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

गत वर्ष यलुङ–री आरोहणका लागि गएको नेपाली तथा विदेशी नागरिकसहितको १५ सदस्यीय टोली हिमपहिरोमा परेको थियो। दुर्घटनापछि आठ जनाको सकुशल उद्धार गरिएको थियो भने दुई जनाको शव तत्कालै फेला परेको थियो। त्यतिबेला फेला परेका मृतकमध्ये एक जना फ्रान्सेली र एक जना इटालियन नागरिक थिए।

हिमपहिरोपछि बाँकी पाँच आरोही लामो समयदेखि बेपत्ता थिए। आरोहण व्यवस्थापनको जिम्मेवारी लिएको ड्रिम डेस्टिनेशनले विभिन्न समयमा खोजी अभियान सञ्चालन गर्दै आएको थियो। सोही क्रममा पछिल्लो खोजीका क्रममा पाँचै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

नौ महिनापछि शव भेटिएसँगै यलुङ–री हिमपहिरोमा बेपत्ता सबै पाँच आरोहीको अवस्थाबारे स्पष्ट भएको छ।