९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल

भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल
अ अ+ अ-

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित पर्यटन क्षेत्रको क्षति यकिन गरी पुनरुत्थानका कार्यक्रम अघि बढाउन सरकारले तथ्यांक संकलनदेखि वैकल्पिक सडक, पदयात्रा मार्ग र अन्तर्राष्ट्रिय सूचना प्रवाहसम्मका काम अघि बढाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’को निर्णयअनुसार नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठित द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) र विपद् व्यवस्थापन संयोजक हिक्मत सिंह ऐरसहित बसेको को बैठकले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखाका पर्यटन सेवा प्रदायकको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल सरकारले प्रयोग गरिरहेको क्षति विवरण संकलन फारामलाई आवश्यकताअनुसार परिमार्जन गरी प्रभावित जिल्लाका होटल तथा रेस्टुरेन्टलगायत पर्यटन सेवा प्रदायकको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ । विवरण संकलनका लागि फाराम अनलाइनमार्फत उपलब्ध गराइनेछ । त्यस्तै, प्रभावित क्षेत्रमा पर्यटन पुनरुत्थानका लागि ‘टुरिजम् रिकभरी साइकल’ तयार गर्न पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबीच आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ । बैठकले कैलाश–मानसरोवर यात्राका लागि नेपाल–चीन सीमामा वैकल्पिक नाका सञ्चालन गर्न कूटनीतिक पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

यसबाट कैलाश–मानसरोवर यात्रामा परेको सम्भावित प्रभावलाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । लाङ्टाङ क्षेत्रमा चालु सिजनमै पदयात्रा सञ्चालन गर्न आवश्यक स्थानमा बेली ब्रिज निर्माणका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, रसुवाको धुन्चे पुग्ने वैकल्पिक सडक मार्गको नक्सा तयार गर्ने निर्णय भएको छ । सडकको अवस्थाबारे पर्यटकलाई नियमित र विश्वसनीय सूचना उपलब्ध गराउन नेपाल प्रहरीको ट्राफिक कार्यालय तथा पर्यटक प्रहरीबाट सडक सञ्चालनसम्बन्धी सूचना प्राप्त गरी नेपाल पर्यटन बोर्डका सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाइने भएको छ ।

बैठकले बाढी प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य तथा पर्यटन सेवाहरू सुरक्षित रूपमा सञ्चालनमा रहेको सन्देश प्रभावकारी ढंगले प्रवाह गर्नुपर्नेमा पनि जोड दिएको छ । यसका लागि वास्तविक अवस्था र नियमित सूचनालाई प्राथमिकतामा राख्ने निर्णय गरिएको छ। नेपालको पर्यटन अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई यथार्थ सूचना उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय विश्‍व पर्यटन संगगठन र पाटालगायतका अन्तर्राष्ट्रिय पर्यटन संस्थासँग समन्वय गर्ने तथा नेपालमा रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग संवाद गर्न पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा होटल संघ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष भरत जंग पाण्डे, नेपाल पर्वतारोहण संघ, होटल व्यवसायी महासंघ, नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, हिमालय उद्धार संघ, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स, एक्सपिडिसन एसोसियसन अफ नेपाल, नेपाल पर्यटन यातायात व्यवसायी संघ, नेपाल पर्यटक बस व्यवसायी संघ, कैलाश अपरेटर संघ, टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर अपरेटर तथा सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटरका प्रतिनिधिहरू सहभागी थिए ।