१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा



अ+ अ-

काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ। टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राखेपका पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाइ गर्नुभएको हो ।

शिक्षामन्त्री पोखरेलको विषेश पहलमा एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीहरूले पहिलोपटक ‘भीआईपी’ (VIP) पहुँचको सुविधा प्राप्त गर्ने अवसर पाएका छन्।

‘खेलाडीप्रतिको सम्मानको सानो प्रयासस्वरूप पहिलोपटक विमानस्थलमा ‘भीआईपी’ पहुँचको सुविधा उपलब्ध गराउन पाउँदा खुसी छौँ। सम्पूर्ण खेलाडीलाई हार्दिक शुभकामना।” – मन्त्री पोखरेलले फेशबुकमा लेख्नुभएको छ ।

शिक्षामन्त्री पोखरेलका अनुसार राष्ट्रिय खेलाडीहरूको सम्मान र प्रोत्साहनस्वरूप गरिएको यस पहलले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले भिआइपी कक्षको प्रयोगको व्यवस्था गरिएको हो ।

मन्त्री पोखरेलले नेपाली खेलाडीहरूलाई ठूलो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेकोमा गर्व व्यक्त गर्दै उनीहरूले आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

खेलाडीहरूले पाएको ‘भीआईपी’ पहुँचलाई देशका लागि मेहनत गर्ने खेलाडीप्रतिको सम्मानको एउटा सानो प्रयासका रूपमा लिइएको उल्लेख गर्दै मन्त्री रोखरेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको मनोबल बढाउन यस्ता पहल महत्वपूर्ण हुने विस्वास व्यक्त गर्नुभयो ।

एसियाडमा नेपालबाट सहभागी हुने २२ खेलमध्ये जापान पुग्ने कराते पहिलो टोली हो। टोलीले टोकियोस्थित विश्व सितोरियो करातेको मुख्य डोजोमा सेप्टेम्बर ६ देखि १६ तारिखसम्म प्रशिक्षण गर्नेछ।प्रशिक्षणपछि टोली सेप्टेम्बर १७ तारिख टोकियोबाट एसियाड आयोजना हुने नागोया प्रस्थान गर्नेछ। कराते प्रतियोगिता सेप्टेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुनेछ।

नेपालबाट पुरुषतर्फ ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि मिनबहादुर तामाङ र ८४ केजीमाथि तेन्जिङ शेर्पाले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ ६८ केजीमाथि एरिका गुरुङ, ६८ केजीमुनि निरुपा दोङ तामाङ र एकल कातामा सानुमाया थिङले प्रतिस्पर्धा गर्नेछिन्।

टिम कातामा सानुमाया थिङ, एलिसा रास्कोटी र मेघा लिम्बू सहभागी हुनेछन्। टोलीका प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन्।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, सल्लाहकार राजु सिंहलगायतले टोलीलाई बिदाइ गर्नुभएको थियो।

राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङलगायत पनि टोलीलाई बिदाइ गर्न विमानस्थल पुग्नुभएको थियो।