९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै

कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
अ अ+ अ-

काठमाडाैँ । आज कृष्ण जन्माष्टमीको अवसरमा पहिलोपटक भक्तपुरको कृष्ण मन्दिरका चारै ढोका खुला गरी दिनभरि दर्शन तथा पूजाको व्यवस्था गरिएको छ । अन्य समयमा मन्दिरको पूर्वतर्फको एउटामात्र ढोका बिहान पूजाको समयमा मात्र खोल्ने गरिएकामा आज दिनभरि खुला गरी भक्तजनलाई पूजाको व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

आजै मन्दिर परिसरमा रुद्री पूजा आयोजना गरिनुका साथै विशेष आरती र मन्दिर वरिपरि दीपप्रज्वलन पनि आयोजना हुन लागेको मन्दिरका पुजारी अञ्जन शर्माले जनाकारी दिनुभयो । उहाँका अनुसार अन्य दिनहरूमा बिहानको समय एउटामात्र ढोका खोल्ने गरिएकामा आज भने मन्दिरका चारवटै ढोका खुला गरिएको हो । पाटनको कृष्ण मन्दिरभन्दा दुई वर्ष पुरानो भक्तपुरको दरबार स्क्वायरस्थित यो मन्दिरको चारै ढोका खुला गरेपछि आज भक्तजनको घुइँचो लागेको छ । यसैबीच, मन्दिरमा आज दिनभर मेला लागेको छ ।

भक्तपुर दरबार स्क्वायरको पश्चिमी प्रवेशद्वार खौमाबाट प्रवेश गर्नेबित्तिकै देखिने पहिलो प्यागोडा शैलीको ऐतिहासिक यस मन्दिरलाई गोपीनाथ, द्वारिकानाथ र राधाकृष्ण मन्दिर पनि भनिन्छ । भक्तपुर नगरपालिका-२ व्यासीका सत्यसुन्दर सुवालले आज कृष्णअष्टमीको दिन मन्दिरको चारै ढोका खोलेर भक्तजनलाई दर्शन गर्न दिइएकोप्रति सकारात्मक प्रत्रिक्रिया दिनुभयो । मन्दिरका ढोका, झ्याल र टुँडालहरूमा भगवान् विष्णुका अवतार तथा अन्य देवीदेवताका अतिआकर्षक एवं कलात्मक काष्ठकला कुँदिएका छन् ।

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरमा रहेको कृष्ण मन्दिरको वास्तविक नाम गोपीनाथ हो । नेपाल संवत् ८७७ को राजा रणजित मल्लको ताम्रपत्रका आधारमा यो मन्दिरको नाम गोपीनाथ राखिएको इतिहासमा प्रष्ट उल्लेख गरिएको संस्कृतिविद् श्रेष्ठले जानकारी दिनुभयो । “यसलाई द्धारिकानाथ पनि भन्ने गरिन्छ । यो मन्दिर पाटनको कृष्ण मन्दिरभन्दा २०० वर्ष पुरानो भएको जनविश्वास छ”, उहाँले भन्नुभयो ।

भक्तपुरको दरबार स्क्वारमा अवस्थित गोपीनाथ मन्दिर राजा यक्ष मल्लको पलामा बनेको संस्कृतिविद् श्रेष्ठले जानकारी दिनुभयो । “त्यस्तै ललितपुरस्थित पाटनको कृष्ण मन्दिर सिद्धिनरसिंह मल्लले निर्माण गर्नुभएको हो । भक्तपुरको दरबार स्क्वायरमा अवस्थित चारधाममध्ये गोपीनाथ पनि एक हो”, उहाँले भन्नुभयो ।