२५ श्रावण २०८३, सोमबार
,
Latest
सदाचार नीति कार्यान्वयनका लागि इच्छाशक्ति आवश्यक, अतिरिक्त बजेट चाहिँदैनः सांसद देवकोटा राष्ट्रिय सदाचार नीति कार्यान्वयन र ऐन निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन उद्घाटनपछि पनि नागढुंगा सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्शानीः सभापति गजुरेल जग्गा हदअबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सांसद थेवेको माग सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने,लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने ग्यासका लागि नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न इण्डक्सन चुल्हो बाँड्ने योजना ल्याउन सांसद अधिकारीको माग राष्ट्रिय गौरवका आयोजना पूरा हुन अझै १० वर्ष लाग्ने, सुधार भए ३–५ वर्षमै सकिने प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसद आउन रोक लगाउन एमाले सांसद पोखरेलको माग अवैध रुपमा गिट्टी तथा बालुवा तस्करी भइरहेको भन्दै रास्वपा सांसद तामाङले गराइन् सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित अधिकार दशक घोषणा गर्न नेकपा सांसद विश्वकर्माको माग



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेशकुमार विश्वकर्माले दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको संरचनागत बहिष्करण तथा भूमिहीनताको सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले विगतमा सरकारले दलित समुदायका लागि छात्रवृत्ति, स्थानीय तहमा सहभागिता, राष्ट्रिय दलित आयोग, छुवाछुतमुक्त राष्ट्र घोषणा, जनता आवास कार्यक्रम, अन्तरजातीय विवाह प्रोत्साहन तथा आरक्षणलगायतका कार्यक्रम अघि सारे पनि दलित समुदायका समस्या समाधान हुन नसकेको बताउनु भयो ।

उहाँले विगतका सरकारले गरेका दलित अधिकारबारे घोषणा तथा प्रतिवद्धताको गम्भीर समीक्षा गरी दलित अधिकार दशक घोषणा समेत माग गर्नुभयो । सांसद विश्वकर्माले संविधानको धारा २४ र ४० को मर्मअनुसार दलित अधिकारसम्बन्धी एकीकृत कानून निर्माण गर्न तथा दलित विकास प्राधिकरण गठन गरी आवश्यक बजेटसहित कार्यक्रम कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो,‘ दलित अधिकारसम्बन्धीका सबै घोषणा तथा प्रतिवद्धताहरूको गम्भीर समीक्षा गर्दै सबै राजनीतिक दलहरू तथा नेपाल सरकारका संयन्त्रहरूलाई दलित समुदायप्रति गम्भीर बन्दै नेपालको संविधानको धारा २४ र ४० को मर्म र भावनाको सम्बोधन हुने गरी एकीकृत कानुन निर्माण गर्न, दलित अधिकार दशक घोषणा गर्न र दलित विकास प्राधिकरण गठन गरी दलित समस्या सरकारको पहिलो प्राथमिकता राखिएको गौरवको योजनाको रूपमा बजेट सहित कार्यान्वयन गर्न सम्माननीय सभामुखज्यू मार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

उहाँले दलित समुदायका समस्या समाधानलाई सरकारको पहिलो प्राथमिकतामा राखी गौरवको योजनाका रूपमा कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।




भर्खरै