२५ श्रावण २०८३, सोमबार
,
Latest
विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यता र दायरा फराकिलो बनाउन सांसद डा. कार्कीको प्रश्ताव काँग्रेस सांसद यादवले भने– ढल्केवरमा थप आन्दोलन नचर्कियोस् हरि ढकाललाई एमाले सांसद घतानीको प्रश्न– सिंहदरबार जलाएर पुगेन र ? प्रधानमन्त्रीको सम्बोधन फेसबुकको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप विधि विज्ञान प्रयोगशाला विधेयकः कार्यकारी निर्देशकको उमेर हद हटाउन सांसद बरालको माग प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ यी २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीसँग अर्थमन्त्री वाग्लेकाे छलफल सुरू निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधारः अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री शाहलाई भारतीय राजदूत श्रीवास्तवमार्फत मोदीको शुभकामना कैलालीका शिवालयमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाहलाई भारतीय राजदूत श्रीवास्तवमार्फत मोदीको शुभकामना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेका हुन्।

भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित तथा विकास साझेदारीका विषयमा छलफल भएको भारतीय राजदूत श्रीवास्तवले बताएका छन्।

भेटवार्तापछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले नेपाल र भारतबीचको ‘मजबुत एवं बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउने’ विषयमा सकारात्मक तथा फलदायी छलफल भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार भेटमा नेपाल–भारत मित्रता, पारस्परिक हित, विकास साझेदारी र दुई देशबीचको सहकार्यका विविध पक्षबारे छलफल भएको थियो।

https://x.com/navsri6619/status/2086704276546736204?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E2086704276546736204%7Ctwgr%5E5b65a1da259ca9c1ee9fffac323de3dd98e492b9%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fnepalkhabar.com%2Fpolitics%2F283194-2026-8-10-12-43-24




भर्खरै