२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध रुपमा गिट्टी तथा बालुवा तस्करी भइरहेको भन्दै रास्वपा सांसद तामाङले गराइन् सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा)की सांसद आशिका तामाङले खोला तथा नदीबाट अवैध रुपमा गिट्टी, बालुवा तस्करी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले धादिङसहित देशभर राज्यलाई कर नतिरी गिट्टी र बालुवा भइरहेको बताउनु भयो ।

उहाँले यसम्बन्धी कानून अपुरो रहेको तथा भएको कानूनको समेत प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले हालको मापदण्डअनुसार तत्काल कानून संशोधन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बर्खे महिनाहरूमा कानून र नियमअनुसार खोलाबाट गिट्टी र बालुवा उत्खनन् गर्न निषेधित रहेको समेत स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘बर्खे महिनाहरूमा कानून र नियम अनुसार खोलाबाट गिटी र बालुवा निकाल्न निषेधित छ । तर तस्करहरूले एकै रातमा लाखौं, करोडौंको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरी तस्करी गर्छन । यो समस्या मेरो जिल्ला धादिङ लगायत नेपालको अधिकांश नदीमा जटिल समस्याको रुपमा खडा छ । त्यो भन्दा जटिल हाम्रो कानून र प्रक्रियामा छ । मेरो मनशाय ढुंगा गिटी र बालुवा निकाल्न हुँदैन भन्नेमा पटक्कै होइन । तर यसको सही व्यवस्थापनमा कानून वाधक बन्नु हुँदैन भन्ने हो । मापदण्ड अहिलेको व्यवस्थाअनुसार चल्नका लागि आवश्यक संशोधन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु ।’

उहाँले नदीजन्य पदार्थको अवैध कारोबारका कारणका कारण सरकारले करोडौँ राजश्व गुमाइरहेको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल