१८ भाद्र २०८३, बिहीबार
,
Latest
रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलप्रति वितृष्णा बढ्योः अध्यक्ष केसी



अ+ अ-

गलकोट । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गर्नुभएको छ । केसीले मङ्सिर चारमा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने सङ्केत नदेखिएकाले दलप्रति नागरिकको वितृष्णा जाग्दै गएको बताउनुभयो ।

आज मुख्य निर्वाचन कार्यालय बागलुङले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा नेता केसीले स्थायी सरकार बन्ने वातावरण आफूले नदेखेको बताउँदै लोकतन्त्र खतरा मुक्त नभएको बताउनुभयो ।

उहाँले अहिलेको चुनाव निकै खर्चिलो भएको टिप्पणी गर्दै अबका दिनमा चुनाव लड्न सक्ने अवस्था नरेहेको बताउनुभयो । उहाँले आफूलाई निर्वाचित बनाउने बागलुङका जनतालाई धन्यवाद दिँदै बागलुङको विकासमा आफूले सक्दो भूमिका खेल्ने बताउनुभयो ।