२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ ३ मा कांग्रेसका सुनिल शर्मा निर्वाचित, भानुभक्त ढकाल र रेखा थापा पराजित



अ+ अ-

काठमाडौँ । मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सुनिल कुमार शर्मा विजयी भएका छन् ।

उनले नेकपा एमालेका भानुभक्त ढकाल र राष्ट्रिय प्रजातान्त्रिक पार्टीकी रेखा थापालाई पराजित गरेका हुन् ।

अन्तिम मतपरिणामअनुसार शर्माले ४६ हजार ९३६ मत ल्याएका छन् भने ढकालले २५ हजार ७४ मत ल्याउँदा तेस्रो नम्बरमा रहेकी रेखाले १० हजार ७१० मत प्राप्त गरिन् ।