१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनाका राष्ट्रपति कोभिड–१९ बाट सङ्क्रमित



अ+ अ-

एजेन्सी । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ । कोभिड–१९ को खोप लगाइसक्नु भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ ।

राष्ट्रपति फर्नान्डेजले ट्वीट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र त्यसले कोभिड–१९ पोजेटिभ देखाएको बताउनु भएको छ । शुक्रबार ६२ वर्ष पुग्नु भएका राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रुपमा तन्दुरुस्त रहेको जनाउनु भएको छ ।
 
राष्ट्रपति फर्नान्डेजले रसियाली स्पुतनिक भी खोप लगाउनु भएको थियो । उहाँले दोस्रो डोज पनि गत फेब्रुअरी ११ मा लगाउनु भएको राष्ट्रपति कार्यालय स्रोतले एएफपीलाई बताएको छ ।अर्जेन्टिनामा हाल कोभिड–१९ को दोस्रो लहर चलेको छ र कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढेको पाइएको छ ।  अर्जेन्टिनामा कोभिडबाट २३ लाख मानिस सङ्क्रमित भएका र ५५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।